Friday, February 29, 2008
Workers encouraged to get the balance right
लोडसेडिङ घट्यो
राति १२ देखि भोलिपल्ट बिहान ४ बजेसम्म गर्दै आएको लोडसेडिङ पूण रूपमा हटेको प्रधिकरणले जनाएको छ । त्यस्तै बिहान ४ देखि ८ बजेसम्मको लोडसेडिङ पनि एक घन्टा कटौती भएको छ । यसअनुसार शुक्रबारदेखि बिहान ५ देखि ८ बजेसम्म विद्युत् आपर्ति कटौती हुनेछ । त्यस्तै बिहान ९ देखि दिउसो १ बजेसम्म हुदै आएको लोडसेडिङ १२ बजेसम्म कायम हुने प्रँधिकरणको भार प्रेषण केन्द्रले बिहीबार जारी गरेको विज्ञप्तिमा छ ।
प्रधिकरणले अत्यधिक बिजुली खपत हुने समय बेलुकी ५ देखि ९ बजेसम्मको लोडसेडिङ तालिका भने यथावत् राखेको छ । प्रधिकरणले यसअघि विभिन्न १२ खण्डमा लोडसेडिङ तालिका बनाएको थियो । रातिको लोडसेडिङ हटेपछि ११ वटा खण्डमा विभिन्न ७ समूहमा आपूर्ति कटौती हुनेछ । प्राधिकरणको उत्पादन महाप्रबन्धक डा. जीवेन्द्र झाका अनुसार कुलेखानी-२ को अर्का युनिट -१६ मेगावाट) आगामी चैत १८ गते मर्मत पूरा हुनेछ ।
कुलेखानी दोस्रको दइवटा युनिट गरेर थप ३२ मेगावाट प्रणालीमा जोडिएपछि लोडसेडिङमा सुधार हुने अपेक्षा प्रधिकरणले गरेको छ । गत वर्षो चैत महिनामा एउटा युनिट ब्रिरेपछि त्यसलाई मर्मत गर्ने क्रममा अर्का युनिट पनि बन्द हुन पुगेको थियो । त्यही बन्द भएको युनिट गत बुधबारदेखि सञ्चालन भएको हो ।
यतिखेर प्रणालीमा करिब ७ सय ५० मेगावाट बिजुली माग छ भने आपर्ूर्ति अझै करिब २ सय ५० मेगावाट अपुग छ । सरकार र लोकतान्त्रिक मधेसी मोर्चाबीच बिहीबार भएको सम्झौतापछि तर्राई क्ष्ँेत्रका उद्यँे ग, कलकारखाना सुचारु हुने भई माग फेरि बढ्ने प्रँधिकरणले जनाएको छ ।
Thursday, February 28, 2008
मधेस आन्दोलन फिर्ता, सरकार- मोर्चा सम्झौता
सम्झौतामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मोर्चाका तर्फाट तर्राई मधेस लोकतान्त्रिक पार्टरी अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र मधेसी जनअधिकार फोरमका केन्द्रीय संयो जक उपेन्द्र यादवले हस्ताक्षर रेका छन् ।स्वायत्त प्रदेशको सम्झौता
काठमाडौं, १६ फागुन -कास)- सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बिहीबार आठबु“दे सम्झौता भएको छ । सम्झौतालगत्तै मोर्चाले १६ दिनदेखिको मधेस आन्दोलन फिर्ता लिएको छ ।
सम्झौतामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मोर्चाका तर्फाट तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतो र मधेसी जनअधिकार फोरमका केन्द्रीय संयो जक उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षा स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने उल्लेख छ ।
सम्झौताअनुसार संघीय संरचनामा केन्द्र र प्रदेशका बीच स्पष्ट रूपमा शक्तिको बा“डफा“ड सूचीको आधारमा गरिनेछ भने प्रदेशहरू पर्ूण्ा रूपले स्वायत्त र अधिकार सम्पन्न हुनेछन् । नेपालको र्सार्वभौमिकता, एकता र अखण्डतालाई अक्षुण राख्दै स्वायत्त प्रदेशहरूको संरचना, केन्द्र र प्रदेशका सूचीहरूको पर्ूण्ा विवरण र अधिकारको बा“डफा“ड संविधानसभाबाट निर्धारण गरिनेछ ।
संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ को दफा ७ को उपदफा १४ मा रहेको २० प्रतिशतको वर्तमान कानुनी व्यवस्थाको सट्टा ३० प्रतिशत गरिने सम्झौतामा जनाइएको छ । नेपाली सेनालाई राष्ट्रिय स्वरूप प्रदान गर्न र समावेशी बनाउन मधेसीलगायत अन्य समुदायको समानुपातिक समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गरिने जनाइएको छ ।
तत्काल लागू हुने गरी भएको सम्झौतामा मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरूलाई सहिद घोषणा गर्ने, हालसम्म राहत नपाएका र अंगभंग भएकालाई राज्यले उचित राहत उपलब्ध गराउने उल्लेख छ । आन्दोलनका घाइतेको उपचार खर्चको व्यवस्था र सहादत पाएकालाई सहिद घोषणा गरी आश्रति परिवारलाई १० लाख रुपैया“का दरले राहत दिने तथा गिरफ्तारलाई तत्काल रिहा गरिने उल्लेख छ ।
NEA reduces load-shedding hours
NEA reduced the load shedding hours after the machine at the Kulekhani Hydroelectricity Project resumed operation. Operation of the 32 Megawatts capacity machine was stalled for repair.
Load-shedding hours for the morning schedule have been reduced by one hour. There will be load-shedding from 5am to 8am in the morning schedule instead of the previous 4am-8am load shedding hours.
Similarly, the load-shedding hours scheduled for 9am to 1 pm has been reduced by 1 hour to 12 pm.
However, no changes have been made to the schedule for the evening hours.
Meanwhile, the load-shedding hours from 12 midnight to 4 am has been completely withdrawn.
Three killed in seperate road crashes
मोर्चा र सरकारबीच 'निर्णायक' वार्ता हुँदै
मधेशी मोर्चा र सरकारबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्ता निर्णायक हुने तथा सहमति बन्न सक्ने सात दलका एक नेताले बताएका छन् ।
सरकार र मधेशी मोर्चाबीच फागुन १६ गते दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता हुने भएको छ । बालुवाटारमा अहिले जारी तीन प्रमुख दलका शीर्ष नेताहरुको बैठकपछि मधेशी मोर्चा र सरकारबीच वार्ता हुनलागेको हो । मधेशी मोर्चासँग अहिले हुने वार्ता निश्कर्षमा पुग्नसक्ने सम्भावना बेशी रहेको बालुवाटारमा जारी शीर्ष नेताहरुको बैठकमा सहभागी एमाले स्थायी समिति सदस्य झलनाथ खनालले बताए ।
तर, अर्को बिश्वस्त सुत्रले भने हिजो गृहमन्त्री कृष्णप्रसाद सिटौला र मोर्चाबीचको वार्ताले पारेको सकारात्मक प्रभावका कारण मोर्चा र सरकारबीच तत्कालै सहमति हुने स्थिति बनिसकेको छ । सुत्रले केही बेरमै मोर्चाका नेता बालुवाटार जाने र सहमतिमा हस्ताक्षर हुने बतायो । सहमतिमा सरकारतर्फबाट प्रधानमन्त्रीले हस्ताक्षर गर्ने वा शान्ति तथा पुनर्निमाण मन्त्रीले हस्ताक्षर गर्नेमा भने अझै बिबाद बाँकि रहेको श्रोतको दावी छ । नेपाली सेनामा मधेशीको सामुहिक भर्नाको माग तीन प्रमुख दलले स्विकारेको पनि श्रोतले उल्लेख गर्यो । तर, बालुवाटारमा जारी बैठकमा सहभागी एमाले नेता खनालले भने सेनामा सामूहिक भर्ना सम्बन्धी मोर्चाको मागलाई तीन दलले नस्विकारेको बताए । । खनालले सेनालाई समावेशी बनाउने शब्द उल्लेख गर्न तीन दल तयार भएको बताए । 'मोर्चासँग अहिले यहीँ हुने वार्ताले निश्कर्ष निकाल्ने छ' खनालले भने ।
एक सातादेखि जारी मधेशी मोर्चा र सरकारबीचको वार्ताले पछिल्लो समयमा ८ बुँदे सहमति तयार पारेको थियो । तर, सहमतिमा सरकारतर्फबाट कसले हस्ताक्षर गर्ने भन्ने बिबादका कारण फागुन १४ गते मोर्चा र सरकारबीच भएको वार्ता बिना निश्कर्ष समाप्त भएको थियो । फागुन १५ गतेको वार्तामा मोर्चाले नेपाली सेनामा मधेशीहरुको सामूहिक भर्नाको माग थपेको थियो ।
स्रोत: हिमाल ख़बर पत्रिका
