Showing posts with label ताजा समाचार. Show all posts
Showing posts with label ताजा समाचार. Show all posts

Tuesday, November 11, 2008

कलाकारहरुको रक्तदान

काठमाडौं—गायक राम कृष्ण ढकाल, संगीतकार मिलन मोक्तान, गायक बाबु बोगटी लगायतका कलाकारहरु पनि समाजसेवाको क्षत्रमा सक्त्रि भएका छन्‍ बजारमा रगतको संकट परिरहेको बेला यी कलाकारहरुले रक्तदान गरेर समाजसेवाको आफ्‍नो पाइला अगाडि बढाएका छन्‍ । लायन्स क्लब अफ नेपाल गोल्डेन आइले आयोजना गरेको रक्तदान कार्यत्रमका लायन्स क्लबका सदस्यहरुले पनि रक्तदान गरेका थिए ।

Sunday, July 20, 2008

बलात्कारपछि हत्या

काठमाडौं - सानो गौचरणको भगवती बहालमा एक युवतीको बलात्कारपछि हत्या गरिएको छ ।
हत्या गरिएकी युवती ओखलढुङ्गा घर भई काठमाडौं बस्दै आएकी कोपिला दाहाल भएको प्रहरीले जनाएको छ । गएराती करिब नौ बजेतिर भगवती बहालस्थित ग्रील कारखानामा काम गर्ने कामदारहरुले दाहालको बलात्कार गरी हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
हत्यामा संलग्न भएकाहरु मध्ये गोरखाका सिपबहादुर अछामीलाइ गरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले सोही घटनामा संलग्न मृतककी साथीलाई पनि पक्राउ गरी अनुसन्धान भइरहेका जनाएको छ ।

हत्यामा संलग्न अन्य चार जना फरार रहेको बताइएको छ ।

Thursday, May 29, 2008

दरवारबाट राजतन्त्रको झन्डा हटाइयो, अव राष्ट्रिय झन्डा राखिने

काठमांडू- गणतन्त्र नेपालमा अब होही राजा हुने छैनन । राजदरबार भित्र फहराईरहेको शाहबंसीय राजतन्त्रको झन्डा अहिले हटाइएको छ । सो ठाउमा अव छिटै नेपालको चन्द्रसुर्य अंकित नेपाली राष्ट्रिय झन्डा फहराउने तयारी भइरहेको छ ।

दरवारबाट राजतन्त्रको झन्डा हटाइयो, राष्ट्रिय झन्डा राखिने

काठमांडू- गणतन्त्र नेपालमा अब होही राजा हुने छैनन । राजदरबार भित्र फहराईरहेको शाहबंसीय राजतन्त्रको झन्डा अहिले हटाइएको छ । सो ठाउमा अव छिटै नेपालको चन्द्रसुर्य अंकित नेपाली राष्ट्रिय झन्डा फहराउने तयारी भइरहेको छ ।

Wednesday, May 28, 2008

आयरलैंडका संचार माध्यममा गणतन्त्र नेपाल

आयरलैंडका संचार माध्यममा नेपालमा गणतन्त्रको घोसणा गरिने समाचार लाई प्राथमिकताका साथ छापेका छन । यहा एउटा लिंक राखिएको छ ।
http://breakingnews.ie/world/mhgbmhqlqlmh/

http://www.rte.ie/news/2008/0528/nepal.html

Tuesday, May 27, 2008

बैठक साढे तीन बजे

काठमांडू - सहमतिका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सात दलको बैठक नसकिएपछि ११ बजे सुरु हुने भनिएको संविधानसभा बैठक साढे तीन बजे सरेको छ ।
संविधानसभाको पहिलो बैठक दिउँसो साढे तीन बजे हुने भएको छ । ११ बजे सुरु हुने बैठक साढे तीन बजे हुने भएपछि अन्तराष्ट्रिय सम्मेलन केन्द्र हलमा जम्मा भएका संविधानसभासद, कुटनीतिज्ञ र संचारकर्मी हल बाहिर निस्किएका छन् । राष्ट्रपतिको काम, कर्तब्य र अधिकारबारे प्रधानमन्त्री निवास बालुवाटारमा सात दलको बैठक जारी रहेकाले संविधानसभा बैठक सारिएको माओवादी संविधानसभासद रामबहादुर थापा मगरले बताए ।

स्रोत: हिमालखबर डट कम

रत्नपार्कमा बिस्फोट

काठमांडू- संविधानसभा बैठकको अघिल्लो दिन राजधानीको रत्नपार्कमा बम बिस्फोट भएको छ । राजधानीको केन्द्रमा रहेको रत्नपार्कभित्रै जेठ १४ गते दिउँसो भएको बम बिस्फोटको आवाज ठूलो भए पनि कोही घाइते नभएको प्रहरीले बताएको छ ।

पुस्तकको अभावमा आजदेखि विद्यालय वन्द

काठमांडू- विद्यार्थीहरुलाइ पुस्तक उपलब्ध गराउन नसकेपछि शिक्षा मन्त्रालयले आजदेखि जेठ २८ गतेसम्मका लागि सामुदायिक विद्यालयहरु वन्द गर्ने निर्णय गरेको छ । पढाइ शुरु भएको तीन महिनासम्म पनि पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विभिन्न स्थानमा विद्यार्थीहरुले निरन्तर प्रदर्शन गरेका थिए । प्रदर्शनलाइ रोक्न नसकेपछि सरकारले विद्यालय वन्दको उपाय अपनाएको हो । पुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामाग्री केन्द्रले समयमै पुस्तक उपलब्ध गराउन नसकेपछि जटिल स्थिति सिर्जना भएको हो । केन्द्रले संविधानसभा मतपत्र छाप्नुपरेकाले किताव छाप्न नसकिएको वताउँदै आएको छ ।