Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Monday, October 27, 2008

आज कुकुर तिहार

११ कात्तिक २०६५ - यमपञ्चकको दोस्रो दिनलाई कुकुर तिहारकारूपमा मनाइने हाम्रो परम्परागत प्रचलनमा विभिन्न धार्मिक र सामाजिक विश्वास रही आएको छ । सोहीअनुरुप आज देशभर कुकुर तिहार मनाईदै छ । कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुरलाई यमराजको अर्को प्रिय भक्त मानिन्छ । यसलाई आज्ञापालक र रक्षकमात्र नमानी अपराधी पत्ता लगाउनका लागि पनि ठूलो सहयोग पुरयाउँछ । कुकुरको उत्पत्ति सूर्यको कुलमा भएको शास्त्रीय कथन पनि पाइन्छ । प्राकृतिक प्रकोपको पूर्वसूचनासमेत कुकुरले दिन्छ भने यो स्वामीभक्त हुन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले कुकुर तिहारको दिन कुकुरलाई मनपर्ने खानेकुरा पूजा गरी माला लगाइ सिंगार्ने चलन छ । यसमा हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक संस्कारको जीवन्त पक्ष रहेको छ । ***

दीपावली ०६५ को शुभकामना

नेपालीको महान चाड बडा दशैंको अन्त्यसँगै अर्को ठूलो चाड दिपावली सबै नेपालीको घर आँगनमा आइसकेको छ । अभाव, पीडा र संकटका बीच पनि आम नेपालीले आ-आफ्नै गच्छेअनुसार बडा दशैं मनाए । पूर्वी नेपालमा कतिपय जनता घर जान पाएनन्, पश्चिम भेगमा पनि बाढी, पहिरोले हजारौं विस्थापित थिए र अझै पनि छन् । जेहोस्, अभावै-अभावका बीच पनि नेपाली जनताले बडा दशैंलाई बिदाइ गरिसकेका छन् अर्को एक बर्षको लागि । यसैबीच अर्को दोश्रो महानपर्व तिहारको रौनकताले नेपालीहरुको बस्तीहरुमा कतै उल्लास छाएको छ भने कतै अभावको सन्नाटा छाएको छ । यस पर्वको महत्वलाई आत्मसात गर्दै पशुपंक्षी र प्रकृप्रतिको सम्मान, दाजुभाई दिदीबहिनीबीचको हार्दिकता, ऐश्वर्य र धनधान्यको मनोकामना, असत्यमाथि सत्यको बिजय, अध्याँरोपछि उज्यालोको निःसन्देह आमगन जस्ता सन्देश ग्रहण गर्न सक्नुपर्दछ । पछिल्ला बर्षहरुमा यसपर्वको नाममा चरम बिकृति र बिसंगति मौलाउदैं जान थालेको पाइन्छ । यो अवश्य पनि चिन्ताको बिषय हो । तिहारपर्वको नाममा जुवा, तास खेल्ने, मादक पदार्थको अत्यधिक सेवन गर्ने, जथाभावी आताशबाज, पटका पड्काउने जस्ता उच्छृंखल क्रियाकलापमा प्रतिस्पर्धा गर्ने, देउसीभैलोको नाममा मौलिक परम्परा, कला र सँस्कृतिलाई लत्याउँदैं अस्वभाविक खालका हुलइज्जत गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्नुपर्ने आजको टड्कारो आवश्यकता बन्दै गएको छ । यसदिशामा आजको पुस्ताले नयाँ पुस्तालाई सही मार्गमा डोरयाउन सकिएन भने भोली बिकराल समस्या नआउला भन्न सकिंदैन ।समयको परिबर्तनसंगै हामीले स्वीकार्नैपर्ने असहमतिभित्र सहमति, असमझदारीभित्र समझदारी, अँध्यारोभित्र उज्यालो र नरकभित्र स्वर्ग खोज्न सँधैं प्रेरित गर्ने यस पर्व दिपावलीले हामी सबै नेपालीको अन्तर्मनमा सकारात्मक सोंचको बिकास गर्दै सुख, समृद्धि, ऐश्वर्य र मानप्रतिष्ठा लाभ होस् भन्ने हार्दिक मंगलमय शुभकामना ।

Tuesday, September 2, 2008

'छ महिनाभित्र पूर्ण शान्तिसुरक्षा कायम हुने

काठमांडू- उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले आउदो छ महिनाभित्र राष्ट्रव्यापीरूपमा पूर्ण शान्तिसुरक्षा र अमनचैन कायम गरिने ठोकुवा गर्नुभएको छ ।
उहांले आफ़्नो प्रमुख दायित्व मुलुकमा कानुनी राजको स्थापना गर्नु रहेको बताउदै उक्त कार्यमा असफल भए आफूले पद छोडिदिने घोषणा गर्नुभयो । उपप्रधानमन्त्री गौतमले आफूहरू जनतालाई परिवर्तनको अनुभूति दिलाउन सरकारमा सामेल भएको जनाउदै त्यसको थालनी हिजोबाटै सुरु भएको पनि दाबी गर्नुभयो । रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाले जनताले चाहेको र सरकारले लिएको प्रमुख तीन लक्ष्यमा विभिन्न किसिमका द्वन्द्वलाई तर्कसङ्गत निष्कर्ष निकाली मुलुकमा शान्तिसुरक्षा कायम गर्नु, नयाा नेपालको चाहनाअनुसार नयां संविधान निर्माण गर्नु र गरिबी र बेरोजगारीलाई समाप्त पार्दै समुन्नत नेपाल निर्माण गर्नु रहेको जनाउनुभयो । उपप्रधानमन्त्री गौतमले पुरानो राजतान्त्रिक सुरक्षानीतिले अब नचल्ने जनाउंदै नेपालको सुरक्षानीतिलाई पुनरावलोकन गर्नुपर्ने बेला आएको बताउनुभयो ।नेता गौतमले कानुनी शासन कायम गर्ने सर्तमा वाईसीएल, युथफोर्स वा कुनै समूहलाई नछाडिने अडान प्रकट गर्नुभयो । उहाको भनाइ थियो, "वाईसीएल, हाम्रै युथ फोर्सले कानुन हातमा लिने काम गर्‍यो भने पनि चाहे प्रचण्डकै दबाब आए पनि कुनै पनि हालतमा कारबाही हुनेछ ।" मुलुकमा विद्यमान अनियमितता, तस्करी, कालाबजारीलगायत जुनसुकै आपराधिक गतिविधिलगायत गृह प्रशासनको कांधमा आएको जिम्मेवारी सजगता र दृढतापूर्वक आफूले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउंदै नेता गौतमले यस कार्यमा जनता, सञ्चार क्षेत्र, राज्य र अन्य पक्षको सहयोगको लागि आहृवान गर्नुभयो । उहांले गृह प्रशासनलाई नयां स्थापित लोकतान्त्रिक परिपाटीका आधारमा सञ्चालन गर्ने जनाउंदै सुरक्षा निकायमा योग्यता, इमानदारी र कामको परिणामलाई हेरेर बिनाभेदभाव उचित जिम्मेवारी दिइने व्यवस्था मिलाइने बताउनुभयो । सुरक्षा संयन्त्रलाई आन्तरिक रूपले र कानुनी रूपले बलियो बनाउन र सुरक्षाकर्मीलाई आवश्यक साधनस्रोतले सम्पन्न बनाउन आफू लागिपर्ने नेता गौतमको भनाइ थियो । उहांले तराईमा भइरहेको हिंसात्मक गतिविधिमध्ये राजनीतिक समूहलाई वार्ताको माध्यमबाट र आपराधिक समूहलाई कानुनी कारबाही गरी समाधान गरिने बताउनुभयो । "तराईका सबै समूहलाई वार्तामा आउन सरकारले चांडै नै आहृवान गर्नेछ", उपप्रधानमन्त्री गौतमले भन्नुभयो, "राजनीतिक समूह वार्तामा आउंछन्, नआएकालाई कारबाही हुनेछ ।" नेपाललाई चीन वा भारतविरुद्ध गतिविधि गर्न नदिइने जनाउंदै नेता गौतमले नेपाल विगतमा भएका सहमतिअनुसार जहिले पनि एक चीन नीतिमा अडिग रहेको स्पष्ट पार्नुभयो । अत्यन्त चुनौतीपूर्ण अवस्था र उज्ज्वल सम्भावनाका बीच आफूहरू जिम्मेवारी सम्हाल्न आएको जनाउंदै नेता गौतमले यस जिम्मेवारीलाई पूरा गर्न योजनाबद्ध ढङ्गले अगाडि बढिने बताउनुभयो । विगतको गृहमन्त्रीकालमा एयरपोर्ट काण्डलगायतका विभिन्न नाममा लगाइएका आरोप आफू सफलताको सिढी चढ्दै जांदा बदनाम बनाउन गरिएको कोसिस भएको उहांले बताउनुभयो । चुनावमा पराजित व्यक्ति किन जिम्मेवारी सम्हाल्न आइपुग्नुभयो भन्ने पत्रकारको प्रश्नमा उपप्रधानमन्त्री गौतमको भनाइ थियो, "मलाई जितेकाहरूले नै ल्याएका हुन्, उनीहरूले मलाई नै रोजेपछि के गर्ने ।

Wednesday, July 23, 2008

आज सार्बजनिक बिदा

काठमांडू- संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति तथा उपराष्ट्रपतिले सपथ ग्रहण लिई आ-आफ़्नो कार्यभार सम्हालेको उपलक्ष्यमा आज नेपाल सरकारले सार्बजनिक बिदा दिने निर्णय गरेको छ । नेपालको इतिहासमा पहिलोचोटी नेपालीका छोरा मुलुकको सर्बोच्च पदमा पुगेको खुशीयाली मनाउन सरकारले आज १ दिन बिदा दिने निर्णय गरेको हो । आज मुलुकभरि दिपावली गरी खुशीयाली मनाईने भएको छ ।

Monday, July 21, 2008

रामवरण पहिलो राष्ट्रपतिमा निर्वाचित

काठमांडू - धनुषा जिल्ला सपहीका ६१ वर्षीय डा. रामवरण यादव मुलुकको पहिलो राष्ट्रपति भएका छन् ।
जेठ १५ गते संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यन्वयन घोषणा गरेपछि राष्ट्रपति निर्वाचनको प्रक्रिया औपचारिकरुपमा अघि बढेको हो तथा साउन ४ गतेको राष्ट्रपति र उप राष्ट्रपतिको चुनावमा राष्ट्रपतिका कुनै उमेदवारले जित्न आवश्यक २९८ मत ल्याउन नसकेपछि आज साउन ६ गते दोश्रो चरणको चुनाव भएको हो । राष्ट्रपतिमा बिजयी यादवले ३०८ मत ल्याए भने अर्का उमेदवार रामराजाप्रसाद सिंहले २८२ मत पाए । धनुषा जिल्ला सपहीका ६१ वर्षीय यादवले माओवादी, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना गठवन्धनका रामराजाप्रसाद सिंहलाई पराजित गरेका हुन् । यादवलाई नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमसहित साना दलको समर्थन प्राप्त थियो । यादव अहिले पनि नेपाली कांग्रेसका महामन्त्री हुन् ।
२०१७ सालको बिद्यार्थी आन्दोलनमार्फत नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका यादवले चिकित्सा क्षेत्रमा एम डी गरेका छन् । २०४६ को जनआन्दोलनले सफलता पाउनुअघि सम्म यादव जनकपुरमै चिकित्सा पेसामा थिए । त्यसपछि पहिलो आम निर्वाचनमा उनी धनुषा क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भए तथा नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाए । मधेसी मूलको भए पनि यादवले मधेसवादी दलहरुको प्रमुख माग एक मधेस प्रदेशप्रति सार्वजनिकरुपमै असहमति प्रकट गर्दै आएका छन् । यादवलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निकट तथा बिश्वासपात्र मानिन्छ ।

Tuesday, July 15, 2008

राष्ट्रपति चुनाव ४ गते

काठमांडू - साउन ४ गते मुलुकको राष्ट्रपति चयनका लागि चुनाव हुने भएको छ ।
मुलुकको राष्ट्रपतिका लागि साउन ४ गते चुनाव हुने भएको छ । असार ३१ गते बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दल सम्मिलित कार्यब्यवस्था परामर्श समितिको बैठकले साउन ४ गते बिहान ११ बजे राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव गर्ने निर्णय गरेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव सम्बन्धि सबै कार्यक्रमहरु परामर्श समितिको बैठकले तयार पारिसकेको तथा आज दिउँसो ३ बजे हुने बिधायिका संसदको बैठकमा प्रस्तुत गरेर पारित गरिने एमाले संसदीय दलका प्रमुख सचेतक रामचन्द्र झाले जानकारी दिए । राष्ट्रपतिको चुनावमा संविधानसभाका ६०१ सदस्यले मत दिन पाउनेछन् ।

Wednesday, June 18, 2008

हेल्प नेपालको झन्डा सर्वोच्च शिखरमा

काठमाडौं - सर्वोच्च शिखर सगरमाथामाथि १३ औं विजयका लागि अघि बढ्दा कीर्तिमानी आरोही मिङमा शेपा विशेष उत्साही थिए । किन भने यसपाला उनीसग विदेशीमात्र होइन नेपालीलाई सघाउने सपना थियो ।
'धेरै खुसी लागेको छ,' विदेशमा बस्ने नेपालीले नेपालीलाई सघाउन सुरु गरेको अभियान हेल्प नेपाल सञ्जालद्वारा सोमबार आयोजित सम्मान कार्यक्रममा उनले भने- 'द्वन्द्वपीडित बालबालिकाहरूलाई सघाउन अवसर मिल्यो ।'
नेपाल बालबालिका ट्रष्टसग मिलेर सञ्जालद्वारा धुलिखेलमा निर्माणाधीन द्वन्द्वपीडित बालबालिकाहरूका लागि आश्रम बनाउन कोष जुटाउने अभियानमा उनी सरिक भएका हुन् । शेपाले गत मे २३ का दिन हेल्प नेपाल नेर्टवर्कको ब्यानर सर्वोच्च शिखरमा फहराएका थिए ।
आफ्ना सबै सात जना दाजुभाइ सगरमाथा चढेर कीर्तिमान कायम गरेका शेपा संसारको दोस्रो अग्लो चुचुरो केटु चढ्ने पहिलो नेपाली पनि हुन् । 'यो सफलता हामीलाई निकै सहयोगी हुने आशा छ,' सञ्जालका संस्थापक अध्यक्ष रविन्द्र मिश्रले भने । करिब ८० लाख रुपैयाको लागतमा निर्माणाधीन आश्रमका लागि ५० लाख रुपैया जुटेको र बाकी रकम संकलन गर्ने क्रममा नरहेको उनले जनाए । ५२ जना बालबालिकालाई आश्रय दिने लक्ष्साथ साढे दुइ तले भवन निर्माण भइसकेको जानकारी कार्यक्रममा दिइयो । बेलायती संगीतकार समूहले पनि रकम जुटाउन सहयोग गरिरहेको छ ।
'देश सेवाको भावना र मनमा लगन भए विदेशमै बसेर पनि देशका लागि ठूला काम गर्न सकिन्छ,' भन्ने भावनाबाट सन् १९९९ मा सञ्जाल स्थापना भएको हो । बेलायतबाट सुरु भएको यो अभियान संसारका १२ मुलुकसम्म विस्तार भइसकेको छ । सञ्जालले विदेशमा बसेका नेपालीहरूस“ग मासिक १ डलर उठाएर नेपालमा शिक्षा र स्वास्थ्य क्ष्त्रमा कल्याणकारी काम गर्दै आएको छ ।
सञ्जालले मुगुलगायत जिल्लामा एक दर्जनभन्दा बढी स्वास्थ्य चौकी र विद्यालय भवन निर्माण गरिसकेको छ । बालबालिका प्रायोजन, इ लाइबेरी निर्माणजस्ता कार्यक्रम गर्दै आएको छ । 'उठेको सबै रकम हामी कल्याणकारी काममा लगाउ“छां' मिश्रले भने- प्रशासनिक काम नेपाली र विदेशी गरी १५ जनाले खोलिदिएको अक्षयकोषबाट चलाउ“छौं ।' कार्यक्रममा आरोही शेपाले सर्वोच्च शिखर पुर्‍याएको ब्यानर नेर्टवर्कका नेपाल अध्यक्ष अरुणसिंह बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

Tuesday, June 17, 2008

भाडादर वृद्धि गर्न सहमति

काठमांडू- यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात व्यवस्था विभागबीच सार्वजनिक सवारीसाधनहरूको भाडामा २६ देखि ३५ प्रतिशतसम्म वृद्धि गर्ने सहमति भएको छ ।

सोमबार राति अबेरसम्म भएको वार्तापछि सो सहमति भएको जानकारी दिंदै महासङ्घका बाग्मती अञ्चल संयोजक नीररत्न नेवाःले भाडादर मङ्गलबार दिउंसोसम्म कार्यान्वयनमा आउनसक्ने बताउनुभयो । सहमतिअनुसार लामो दूरीमा हाल कायम रहेको भाडादरमा प्रतिकिलोमिटर १ रुपियां ४२ पैसा, मध्यम दूरीको पहिलो ५ किमिको १२ रुपियां र प्रत्येक १ किमिको २ रुपियां ५५ पैसा, ट्याक्सीको सुरुआत मिटरमा ११ रुपियां र प्रत्येक किमिमा ४ रुपिया ६० पैसा कायम हुनेछ ।

यसैगरी ग्रामीण क्षेत्रमा यसअघि लागू गरिएको भाडादर यथावत् कायम गरिएको जनाइएको छ भने विमानस्थलका लागि सुरुको ५ किमिका लागि ३ सय रुपियां र प्रतिकिमि ८० रुपियां थप हुनेछ । त्यस्तै ग्यासबाट चल्ने सवारीसाधनले यसअघि ९ रुपियां लिने गरेकोमा अब ११ रुपियां लिने भएका छन् ।

फोहोरले राजधानी दुगन्धित

काठमाडौं- गर्मी चर्किरहेकै समयमा काठमाडौं र ललितपुरको फोहोर ११ दिनदेखि उठ्न नसकेपछि राजधानीमा महामारी फैलिने खतरा बढेको छ ।

ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटका जनताले स्थानीय दुइ विद्यालयको भौतिक संरचना निर्माण गर्नुपर्ने र शिक्षक दरबन्दी दिनुपर्ने माग राखी काठमाडौंको तीनपीपलेस्थित मुख्य सडकमै अवरोध पुर्याएपछि राजधानीको फोहोर विर्सजनको समस्या उत्पन्न भएको हो । तीनपीपलेस्थित भवानी माध्यमिक विद्यालय र कागतीगाउँस्थित महालक्ष्मी प्राविका शिक्षक र विद्यार्थीहरू फोहोर Šयाँक्न नदिन संर्घषमा उत्रिएपछि फोहोर विर्सजन गर्न संकट उत्पन्न भएको हो ।

सरकारले स्थानीय जनतासँग पटकपटक सम्झौता गरे पनि माग पूरा गर्न चासो नदेखाएपछि अवरोध पुगेको बताइएको छ। फोहोर विर्सजनको प्रयास गरिरहेका छौं’, फोहोर मैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रका निर्देशक निवासचन्द्र श्रेष्ठले भन्नुभयो- शिक्षँकले बाटो छेकेर अवरोध गर्नु हुँदैन, वार्ताबाटै समस्या समाधान गर्न सकिन्छ।’राजधानीको फोहोर उठ्न नसक्दा प्रमुख व्यापारिक तथा पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, बागबजार, पुतलीसडक, लैनचौर, न्युरोड, वसन्तपुर, पाटन दरबारक्षेत्र मंगलबजार, पुल्चोकलगायत प्रमुख बजार पूरै दुगन्धित भएका छन्।फोहोर विर्सजन गर्ने प्रयासस्वरूप काठमाडौं महानगरपालिकाले सोमबार १८ वटा गाडी सिसडोल ल्यान्डफिल साइट लगेको थियो। दिनभरको अवरोध र नाराबाजीपछि अबदेखि फोहोर खसाल्न नपाइने चेतावनीपछि एक दर्जन गाडीको मात्र फोहोर विर्सजन गर्न सकिएको थियो।

Monday, June 16, 2008

नारायणहिटी अब संग्रहालय

काठमाडौं-
नारायणहिटी दरबारबाट पूर्वराजा ज्ञानेन्द्र शाह बाहिरिएपछि आइतबार विशेष समारोहबीच राष्ट्रिय झन्डा फहराइनुका साथै नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गरिएको छ ।
नेपाल सरकारका तर्फाट पहिलो पटक नारायणहिटी दरबारमा आयोजित विशेष औपचारिक समारोहबीच राष्ट्रप्रमुखका हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबारको मूलद्वारसामु तीनवटा राष्ट्रिय झन्डा फहराउनुभएको थियो । झन्डोत्तोलनसँगै नेपाल सरकार नारायणहिटी दरबार संग्रहालय’ लेखिएको बोर्डमा लगाइएको पर्दा उघारिएको थियो ।
संवैधानिक अंगका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रमुखहरू, प्रमुख राजनीतिक नेताहरू, संविधानसभाका सदस्य, नागरिक समाज, विभिन्न क्ष्त्रका प्रबुद्ध व्यक्तिहरू, सञ्चारकर्मी, उच्चपदस्थ अधिकारी, सुरक्षानिकायका प्रमुख, मन्त्रीगणलगायतको उपस्थिति रहेको समारोह निकै उल्लासमय देखिएको थियो।नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक उपलक्ष्यमा आयोजित झन्डोत्तोलन समारोहका पाहुनाहरूले नारायणहिटी दरबारभित्रका सबै भाग हेर्ने इच्छासमेत राखेका थिए। नारायणहिटीको मूल भाग देखिने गरी त्यहाँ पुग्नासाथ तस्वीर खिचाइरहेका विशिष्ट व्यक्तिहरूले गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग सबै भाग हर्ेनका लागि अनुरोधसमेत गरेका थिए तर गृहमन्त्री सिटौलाले नेपाली जनतालाई सबै कोठाकोठा र महत्त्वपर्ूण्ा ऐतिहासिक सामग्रीको अवलोकन गराउने तयारी पूरा हुन अझै दुइ/तीन महिना लाग्न सक्ने जानकारी गराउनुभएको थियो।

Friday, June 13, 2008

८ सय शरणार्थी गइसके पुनर्वासमा

काठमाडौं- नेपालमा रहेका ८ सय भुटानी शरणार्थी तेस्रो देशमा पुनर्वासका लागि प्रस्थान गरिसकेका छन् ।
नेपालस्थित शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) को कार्यालयका अनुसार यही जेठ १८ गतेसम्ममा तेस्रो मुलुकको पुनर्वासका लागि ३६ हजार भुटानी शरणार्थीले आवेदन दिइसकेका छन् । पुनर्वासका लागि प्रस्थान गरिसकेका शरणार्थीलाई अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे र अमेरिका गरी सातवटा देशमा लगिएको छ । दर्ता भएका लगभग १ लाख ८ हजार शरणार्थीमध्ये केहीले तेस्रो मुलुक पुनर्वासको विरोध गर्दै स्वदेश फिर्तीको माग अघि सारी पर््रदर्शन गरे पनि तेस्रो मुलुक पुनर्वासका लागि आवेदन दिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको नेपालस्थित उच्चायोगको कार्यालयकी प्रवक्ता निनी गुरुङले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
शरणार्थीलाई पुनर्वासका लागि तेस्रो देश लैजाने काम निरन्तर चलिरहन्छ’, प्रवक्ता गुरुङले भन्नुभयो- ँदर्ता भएका शरणार्थी जसले तेस्रो राष्ट्रमा जाने इच्छा व्यक्त गरी आवेदन दिन्छन्, उनीहरूलाई मात्र लगिन्छ।’ तेस्रो देशमा लाने प्रक्रियामा बसाइँसराइसम्बन्धी अन्तर्राष्ट्रिय संस्था -आईओएम) ले इच्छुक शरणार्थीले यूएनएचसीआरलाई दिएको आवेदनको आधारमा अन्तर्वार्ता र मेडिकल परीक्षणको काममा सघाउँदै आएको छ।
गएको मार्च महिनासम्ममा यूएनएचसीआरले १२ हजार शरणार्थीलाई पुनर्वासका निम्ति ७ देशलाई रिफर’ गरेको थियो। जसमध्ये ११ हजार अमेरिका, ८ सय अस्ट्रेलिया, १ सय ५० न्युजिल्यान्ड र बाँकी संख्या क्यानडा, डेनमार्क, नेदरल्यान्ड र नर्वेका लागि रिफर’ गरिएको थियो । रिफर गरिएकामध्ये २ हजार ५ सयलाई अमेरिकाले, १ सयलाई न्युजिल्यान्डले, २९ जनालाई क्यानडाले, १३ जनालाई डेनमार्कले, ३२ जनालाई नेदरल्यान्डले र २४ जनालाई नर्वेले स्वीकृत गरिसकेका छन् । सन् २००८ पछि प्रत्येक महिना १ हजार ५ सय शरणार्थी पुनर्वासका लागि तेस्रो देश जाने अनुमान आईओएमको छ । आईओएमका अनुसार सन् २००८ भित्र १० हजार भुटानी शरणार्थी पुनर्वासका लागि तेस्रो देश प्रस्थान गरिसक्नेछन्, जसमध्ये ठूलो संख्या अमेरिका प्रस्थान गर्नेछ ।

दार्जिलिङमा बंगाली र गोर्खालीबीच झडप

बिर्तामोड- भारतको पश्चिम बंगालको सिलगुढी, नक्सलवाडी, बागडोगरालगायतका ठाउँमा बंगाली र नेपालीभाषी भारतीय नागरिकबीच बिहीबार झडप हुँदा करिब १ सय नेपालीभाषी घाइते भएका छन् ।

यस्तै नेपालीभाषीका ३ देखि ५ वटा घर बंगालीहरूले भत्काइदिएका छन् । दार्जिलिङ जिल्ला अर्न्तर्गतका ती क्षेत्रमा गोर्खा जनमुक्ति मोर्चाले गत मंगलबारदेखि अनिश्चितकालीन बन्दको आयोजना गरेकोमा बिहीबारबाट ६० घण्टाका लागि सो संगठनले बन्द फिर्ता लिएको थियो । बन्दको समयमा स्थानीय तहमा कठिनाइ बेहोर्नुपरेको आरोप लगाउँदै मोर्चाको विरुद्धमा आमरा बंगाली र जनजागरण मञ्चले नेपालीभाषीविरूद्ध बिहीबारदेखि आक्रमण शुरू गरेका हुन् ।

उनीहरूको समूहले नेपालीभाषीलाई छानीछानी कुटपिट गरेको थियो । मोर्चा नेपालीभाषीको छुट्टै राज्यको माग गर्ने समूह हो । तर सो समूहले अनिश्चितकालीन बन्द भने छुट्टै राज्यको माग पूरा गराउन आयोजना नगरेको अरू नै आन्तरिक माग पूरा गर्न भएको जनाइएको छ । सिलगुढीका भारतीय पत्रकार प्रमोद गिरीले बिहीबार राति नेपाल समाचारपत्रलाई फोनमा जानकारी गराउनु भए अनुसार हिंसात्मक घटना नियन्त्रण गर्न भारतीय प्रहरीलाई गाह्रो परिरहेको छ । उनका अनुसार सिलगुढीछेउमा महानन्द नदीनजिक रहेको नेपालीभाषीको एउटा बस्तीमा आक्रमणकारीले आगो लगाउने प्रयास गरे पनि भारतीय प्रहरीले रोकेको थियो । सो समयमा भएको झडपमा नौ जना भारतीय प्रहरीसमेत घाइते भएका थिए ।

Thursday, June 12, 2008

नारायणहिटीबाट पूर्व राजा ज्ञानेन्द्रको बहिर्गमन

काठमांडू- भूतपूर्व राजा ज्ञानेन्द्र शाहले आफू नेपालमैं बसी सक्रिय रहने घोषणा गर्दै बुधवार नारायणहिटी दरबार छोडेका छन् । नयाँ आवास नागार्जुन दरबारतर्फ प्रस्थान गर्नु तीन घण्टाअघि नारायणहिटी दरबारमैं सयौं पत्रकारहरुका बीच एउटा लिखित वक्तव्य पढ्दै दुई-दुई पटक राजा बनेका ज्ञानेन्द्रले दुवैपटक बाध्यतावश श्रीपेच पहिरिनु परेको बताए ।
उनले आफू र आफ्नो परिवारमाथि लगाइएका विभिन्न आरोपहरुको खण्डन गर्दै आफूले गरेका कामबाट कसैलाई मर्का परेको भए त्यसलाई भूलवश भएको ठानिदिन आग्रह गरेका पूर्व राजा दौरा सुरुवाल र ढाका टोपीमा सजिएर चश्माको सहयोगमा आफ्नो लिखित वक्तव्य पढेका ज्ञानेन्द्र शाहले भने, “मैले देश छोडेर जाने सोच बनाएको छैन। म मातृभूमिमै बसी मुलुकको वृहत्तर हित र शान्तिका लागि योगदान पु-याउन चाहन्छु। यसको लागि सबैको सहयोग हुनेनैं छ भन्ने आशा लिएको छु।”
उनले राजदरबार हत्याकाण्डमा उनी र उनको परिवारलाई मुछेर चलाइएको चर्चाको कडा प्रतिवाद गरेका थिए । उनले भने, “त्यस्तो आक्षेप मानवीय संवेदनासँग मेल खाँदैन। यो राजसंस्थाप्रति नेपाली सामू रहेको सदभावना बिगार्ने र दुर्भावना फैलाउने रणनीति हो।“
आलोचना अस्वीकार
ज्ञानेन्द्र शाहले सम्पत्तिको मोह राख्ने राजाका रुपमा गरिएको आफ्नो आलोचना अस्वीकार गरे।
उनले भने, “ मेरो संपूर्ण सम्पत्ति नेपालमै छ। मैले विदेशमा चल अचल सम्पत्ति राखेको छैन। विगत सात वर्षमा मैले कुनै थप सम्पत्ति जोडेको छैन।"
ज्ञानेन्द्र शाहले आफुले विगतमा चालेका कतिपय कदमहरु असफल भएको स्वीकारोक्ति दोहो-याएका थिए।
नारायणहिटी छाड्नअघि बुधवार ज्ञानेन्द्रले आफ्नो संपूर्ण सम्पत्ति नेपालमै रहेको बताएका थिए
ती कदमहरुप्रति सोझै माफी नमागेपनि जनताहरुबाट समझदारीको अपेक्षा गर्दै उनले भने, “म र मेरो परिवारका सदस्यले विगतमा भए गरेका कामबाट कसैलाई पीडा पर्न गएको वा कसैको हक हनन् हुन गएको भए अनजानवश यस्तो हुन गएको बुझिदिनु हुनेछ भन्ने आशा गरेका छौं।"
दुई हप्ताअघि संविधानसभाले गणतन्त्र घोषणा गरेपछि नारायणहिटी दरबार छोड्न दिएको १५ दिने म्यादभित्रै बुधवार भूतपूर्व राजा ज्ञानेन्द्र शाह, सरकारलेनै तोकि दिएको नागार्जुन दरबार सरेका हुन्।
सरकारले भूतपूर्व राजा ज्ञानेन्द्रलाई तत्कालका लागि मात्र नागार्जुन दरबारमा बस्न दिइएको बताएको छ।
तर उनलाई त्यहाँ बस्न दिइने समयको किटान गरिएको छैन।

Wednesday, June 11, 2008

पूर्व राजाले पत्रकार सम्मेलन गर्ने

काठमांडू- नारायणहिटी छाडेर नागार्जुन जानुअघि पूर्व राजा ज्ञानेन्द्रले पत्रकार सम्मेलन गर्ने भएका छन् । पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी छाडेर नागार्जुन दरवार जानुअघि पत्रकार सम्मेलन गर्ने भएका छन् । श्रोतका अनुसार, ज्ञानेन्द्रको पत्रकार सम्मेलन जेठ २९ गते बेलुका साढे पाँच बजे नारायणहिटी दरवारमा हुनेछ । पत्रकार सम्मेलनमा निकै कम पत्रकारले सहभागि हुने मौका पाउने पनि श्रोतको भनाइ छ ।

Tuesday, June 10, 2008

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमांडू - जेठ २७ गते मध्य रातीदेखि लागु हुने गरी बृद्धि गरिएको नयाँ मुल्य अनुसार काठमाडौंमा पेट्रोल प्रति लिटर १ सय, डिजल ७०, मट्टितेल - ६५ र एलपी ग्यास प्रति सिलिण्डर १२ सय रुपियाँ पुगेको छ । 
नेपाल आयल निगमले पेट्रोल, डिजल,मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ ।जेठ २७ गते मध्य रातीदेखि लागु हुने गरी बृद्धि गरिएको नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रति लिटर १ सय, डिजल ७०, मट्टितेल ६५ र एलपी ग्यास प्रति सिलिण्डर १२ सय रुपियाँ पुगेको छ । तराई र भित्री मधेशका जिल्लामा एलपी ग्यासको मुल्य प्रति सिलिण्डर ११ सय ८० कायम गरिएको छ । यस अघि पेट्रोल प्रति लिटर ८०, डिजल ५६ रुपियाँ ५० पैसा, मट्टितेलको ५१ रुपियाँ र एलपी ग्यास प्रति सिलिण्डर ११ सय रुपियाँ थियो ।
नयाँ मुल्य निर्धारण गरेपछि पनि नेपाल आयल निगमलाई मासिक घाटा १ अर्ब ५० करोड रुपैयाँ रहेको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले बताए । उनका अनुसार पुरानो मुल्यमा बेच्दा निगमलाई मासिक २ अर्ब ६२ करोड रुपैयाँ घाटा थियो ।
सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको करमा समेत कटौती गरेको छ । जस अनुसार प्रति किलोलिटर पेट्रोलमा १४ हजार ७ सय ५० रुपियाँ कर लिने गरिएकोमा १४ हजार, डिजलमा २१ सय रुपियाँ लिने गरिएकोमा १६ सय र मट्टितेलमा १३ सय रुपैयाँ लिने गरिएकोमा १ हजार बनाइएको छ । खाना पकाउने ग्यासमा लिँदै आएको ६ दशमलब ७५ प्रतिशत करलाई ४ प्रतिशतमा झारिएको छ ।
यस अघि लिँदै आएको १ दशमलब ५ प्रतिशत स्थानीय विकास करलाई पनि १ प्रतिशतमा झारिएको छ ।
यसैगरी जेठ २७ गते बसेको मन्त्री परिषद राजनीतिक समितिको वैठकले निजी क्षेत्रले पनि पेट्रोलियम पदार्थ आयात गरी बिक्री वितरण गर्न पाउने निर्णय गरेको छ ।

बिबादहरु समाधान हुदै

काठमांडू- माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरु रहेको कार्यदलले सेना समायोजन, संवैधानिक र सुरक्षा परिषद गठन बाहेकका बिबादस्पद मुद्धामा सहमति बनाएको छ ।
राजनीतिक बिबादमा सहमति कायम गर्न प्रमुख तीन दलले बनाएको कार्यदलको बिहान सुरु भएको बैठक स्थगित भई दिउँसो तीन बजे पुन सुरु हुने भएको छ । जेठ २८ बिहान तथा हिजो सिंहदरवारमा भएको माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरु रहेको कार्यदल बैठकले सेना समायोजन, संवैधानिक परिषद र सुरक्षा परिषद गठनबाहेक बिबादका सबै मुद्धामा सहमति बनाइसकेको कार्यदलका सदस्य भीम रावलले बताए । रावलका अनुसार, दिउँसो हुने कार्यदल बैठकले ती बिषय टुङ्गो लगाउनेछ । हिजो र आज बिहान भएको कार्यदलको बैठकले सरकार बनाउन र हटाउन सामान्य बहुमतले गर्न सकिने प्रावधान अन्तरिम संविधानमा राख्ने, संविधानसभाले नै संसदको अधिकार प्रयोग गर्ने, अन्तरिम संविधानमा उल्लेखित सात दलको ठाउँमा २५ दल राख्ने, अन्तरिम संविधानमा लेखिएको तत्कालिन बिधायकहरुको नाम हटाउने बिषयमा सहमति बनाएको पनि रावलले जानकारी दिए । माओवादी भात्रृ संगठन वाईसीएलले कब्जा जमाएका सार्वजनिक स्थल उनीहरुले तत्काल छाड्ने तथा उसको अर्धसैनिक संरचना खारेज गर्ने सहमति पनि कार्यदल बैठकमा भएको उनले उल्लेख गरे । दलहरुबीच बिबाद रहेको राष्ट्रपतिबारे भने कार्यदलमा अहिले छलफल नभएको श्रोतले बतायो ।

Sunday, June 8, 2008

कार्यदल गठन

काठमांडू- सेना समायोजन, वाईसीएल गतिविधि नियन्त्रण, संविधान संशोधन र नयाँ सरकार गठनबारे सुझाव दिने जिम्मेवारी दिएर तीन प्रमुख दलले ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।

माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीच भएको बैठकले समसामयिक राजनीतिक मुद्धामा सहमतिको सुत्र बनाउन कार्यदल गठन गरेको छ । जेठ २६ गते बिहान प्रचण्ड निवास नयाँ बजारमा भएको तीन दलको बैठकले बनाएको ६ सदस्यीय कार्यदलमा माओवादीका कृष्णबहादुर महरा र खिमलाल देवकोटा, नेपाली कांग्रेसका डा। प्रकाशशरण महत र राधेश्याम अधिकारी तथा एमालेका भीम रावल र अग्नी खरेल छन् । कार्यदललाई सेना समायोजन, वाईसीएल गतिविधि नियन्त्रण, संविधान संशोधन र नयाँ सरकार गठनबारे सुझाव दिने जिम्मेवारी रहेको बैठकका सहभागि एमाले महासचिव झलनाथ खनालले जानकारी दिए ।

यसअघि, माओवादी, नेपाली कांग्रेस र एमालेका नेताबीच भएका छुट्टाछुट्टै बैठकमा केही सातादेखि बिबादस्पद बनेको सरकार बनाउन र हटाउन संविधानसभाको सामान्य बहुमतले गर्नसक्ने प्रावधान अन्तरिम संविधानमा राख्न माओवादी सहमत भइसकेको नेताहरुले बताएका छन् । माओवादीको नेतृत्वमा बन्ने सरकार हटाउने खेल नहुने राजनीतिक प्रतिबद्धता अन्य दलले ब्यक्त गरेपछि सामान्य बहुमतबाट सरकार बनाउन र हटाउन सक्ने प्रावधान संविधानमा राख्न माओवादीले सहमत जनाएको हो । अन्तरिम संविधानमा सरकार बनाउन र हटाउन दुई तिहाई बहुमत चाहिने प्रावधान छ ।

माओवादी बैठक सुरु

काठमांडू- सरकार गठन, राष्ट्रपति र प्रधानमन्त्री चयन लगायत मुद्धामा पार्टको रणनीति बनाउन माओवादी केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ ।
समसामयिक राजनीतिक मुद्धाहरुमा पार्टीको रणनीति बनाउन माओवादी केन्द्रीय समिति बैठक सुरु भएको छ । जेठ २६ गते बिहान राजधानीको होटल गार्डेनमा सुरु भएको बैठकले दलहरुबीच भएका औपचारिक तथा अनौपचारिक छलफलको समिक्षा गर्नुसँगै आफ्नो नीति बनाउने श्रोतले बताएको छ । अन्य दलसँगको छलफलमा संवैधानिक राष्ट्रपति बनाउन तथा त्यसमा आफ्नो दावी छाड्न माओवादी सहमत भइसकेको छ । दलहरुबीच अझै राष्ट्रपतिमा कसलाई समर्थन गर्नेबारे सहमति नभइसकेकाले त्यसबारे पनि माओवादी बैठकले रणनीति बनाउने बिश्वास गरिएको छ । श्रोतका अनुसार, संवैधानिक राष्ट्रपतिमा आफ्नो दावी छाडिसकेको स्थितिमा प्रधानमन्त्री कुन नेतालाई बनाउनेबारे पनि आजको बैठकले निर्णय गर्नेछ । पार्टी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति प्रचार गरेका कारण उनलाई प्रधानमन्त्री बनाउन नहुने आवाज माओवादीका केही नेताहरुले उठाउदै आएका छन् । यसैबीच, जेठ २६ गते बिहान हुने भनिएको मन्त्री परिषदको बैठक माओवादी केन्द्रीय समिति बैठकका कारण बेलुका साढे पाँच बजे सरेको छ । बैठकका लागि प्रधानमन्त्री निवासमा माओवादीबाहेक सबै मन्त्रीहरु जम्मा भए पनि माओवादी मन्त्री आउननसक्ने भएपछि बैठक स्थगित गरिएको आपर्ूर्ति मन्त्री श्यामसुन्दर गुप्ताले बताए ।

Friday, June 6, 2008

पूर्वराजाको बुलेटप्रुफ गाडीमा आगलागी

काठमाडौं-

पूर्वराजा ज्ञानेन्द्र शाहको नारायणहिटी दरबार छाड्ने समय नजिकिँदै जाँदा बिहीबार मध्याहन विगतमा राजकीय सम्मानमा प्रयोग गरिने उनको कार आगलागी भएको छ ।

पूर्वराजाको निवास श्रीसदनबाट विभिन्न स्थानमा परिक्रमा गरी पूजाघरअगाडि आइपुग्दा गाडीमा दिउँसो १२ बजे अचानक आगलागी भएको थियो’, दरबार स्रोतले भन्यो- उक्त गाडीमा पूर्वराजा ज्ञानेन्द्र सवार थिएनन्।’

नम्बर प्लेट नभएको र नम्बर प्लेट राख्ने स्थानमा श्रीपेच राखिएको सो कार अत्याधुनिक बुलेटप्रुफ कार हो । कार आगलागी हुनासाथ दरबारभित्रै तैनाथ सेनाको वारुणयन्त्रले आगो निभाएको थियो । उक्त कारको पछाडिको भाग क्षतिग्रस्त भएको छ’ । बेलायतबाट झिकाइएको सो कारमा रहस्यमय ढंगले आगलागी भएपछि पूर्वराजा ज्ञानेन्द्रले समेत कारको निरीक्षण गरेका थिए । यसैबीच राजज्योतिषको साइतअनुसार आज शुक्रबार नागार्जुन दरबार स्थानान्तरण हुने सम्भावना रहेका पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुअघि सरकारसँग आफना निजी कर्मचारी र दुइवटा बुलेटप्रुफ कार माग गरेका छन् ।

महेन्द्र मन्जिल दिन मिल्दैनः प्रम

काठमांडू- पूर्वराजा ज्ञानेन्द्रकी मुमा रत्नले नारायणहिटी दरबारभित्र रहेको महेन्द्र मन्जिल छाड्न नमानेपछि पूर्वराजाका अवकाशप्राप्त मुख्य सचिव पशुपतिभक्त महर्जन बिहीबार बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गर्न बालुवाटार पुगेका थिए ।
भेटका क्रममा महर्जनले पूवमुमा बडामहारानी रत्नको चाहना, राजालाई सेनाकै सुरक्षा दिनुपर्ने तथा दरबारका गाई के गर्ने भन्ने विषयमा प्रमसँग कुरा राखेका थिए । जबाफमा प्रधानमन्त्रीले महेन्द्र मन्जिल रत्नलाई दिन नमिल्ने बताउँदै भन्नुभएको थियो- गाई जसले हेछ र घाँस हाल्छ, उसैले दूध खान्छ । पूर्वराजाले गाई छाड्दैमा अलपत्र पर्दैनन्।’

सभासद्को आपत्ति

संविधानसभाको बिहीबार बसेको बैठकमा सभासद्हरूले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुन दरबार उपलब्ध गराएकोमा पनि आपत्ति गरेका छन् । सभासद्हरूले गणतन्त्र घोषणा भए पनि पूर्वराजा ज्ञानेन्द्रलाई ठूलो दरबारबाट सानो दरबारमा सार्ने काम मात्र भएको बताए ।