Tuesday, November 11, 2008

सेयर दोहरी

काठमाडौँ सेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरूलाइ चेतना फैलाउन सेक्युरिटी रिसर्च एन्ड सर्भिसेजले 'सेयर दोहरी' नामक दोहरी गीति एल्बम आज यहाँ सार्वजनिक गर्‍यो । 'सङ्‍गीत, शिक्ष र चेनताको माध्यम' भन्ने मूलनाराका साथ रवीन्द्र भट्टराइको परिकल्पना तथा भट्टराइ र बाबुराम दाहालको शब्दमा सो एल्बम बजारमा ल्याएको हो । एल्बममा शिक्ष्, चेनता र मनोरञ्जनका विष्यवस्तुलाइ समेटेर तीनवटा गीत तयार पारिएको छ । सूर्यप्रसाद रेग्मीको लय रहेको सो एल्बममा गायक गायिकाहरू बिमाकुमारी दुरा, राजु परियार र सूर्यप्रसाद रेग्मीले स्वर दिनुभएको छ । सो एल्बमले सेयर बजार भनेको के हो, कसरी लगानी गर्ने, लगानी गर्दा के कुरामा ख्याल गर्नेजस्ता कुराहरूलार्इ समेटेको हुनाले सेयरबजारमा लगानी गर्न चाहने तथा लगानी गरेकाहरूलाइ शिक्ष्त गर्न सहयोग पुग्ने विश्वास व्यत्त गनर्भयो । एल्बमको विमोचन गर्दै नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष् युवराज काफ्लेले हल्लाको भरमा सेयर बजारमा लगानी गर्नेहरूलार्इ यस एल्बमले चेतना दिनसक्ने बताउनुभयो । पछिल्ला दिनहरूमा प्राथमिक तथा दोस्रो बजारमा लगानीकर्ताहरूको आकर्ष्ण् बढ्‍दै गएको तथा यस्तो क्ष्त्रमा बुभेर भन्दा पनि नबुभेर लगानी गर्नेहरूको सङ्‍ख्या बढिरहेकाले यसतफ सबै सचेत हुनुपर्ने सहभागीहरूल् बताएका थिए ।

कलाकारहरुको रक्तदान

काठमाडौं—गायक राम कृष्ण ढकाल, संगीतकार मिलन मोक्तान, गायक बाबु बोगटी लगायतका कलाकारहरु पनि समाजसेवाको क्षत्रमा सक्त्रि भएका छन्‍ बजारमा रगतको संकट परिरहेको बेला यी कलाकारहरुले रक्तदान गरेर समाजसेवाको आफ्‍नो पाइला अगाडि बढाएका छन्‍ । लायन्स क्लब अफ नेपाल गोल्डेन आइले आयोजना गरेको रक्तदान कार्यत्रमका लायन्स क्लबका सदस्यहरुले पनि रक्तदान गरेका थिए ।