Monday, October 27, 2008

आज कुकुर तिहार

११ कात्तिक २०६५ - यमपञ्चकको दोस्रो दिनलाई कुकुर तिहारकारूपमा मनाइने हाम्रो परम्परागत प्रचलनमा विभिन्न धार्मिक र सामाजिक विश्वास रही आएको छ । सोहीअनुरुप आज देशभर कुकुर तिहार मनाईदै छ । कुकुर तिहारको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुरलाई यमराजको अर्को प्रिय भक्त मानिन्छ । यसलाई आज्ञापालक र रक्षकमात्र नमानी अपराधी पत्ता लगाउनका लागि पनि ठूलो सहयोग पुरयाउँछ । कुकुरको उत्पत्ति सूर्यको कुलमा भएको शास्त्रीय कथन पनि पाइन्छ । प्राकृतिक प्रकोपको पूर्वसूचनासमेत कुकुरले दिन्छ भने यो स्वामीभक्त हुन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । त्यसैले कुकुर तिहारको दिन कुकुरलाई मनपर्ने खानेकुरा पूजा गरी माला लगाइ सिंगार्ने चलन छ । यसमा हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक संस्कारको जीवन्त पक्ष रहेको छ । ***

No comments: