Tuesday, July 15, 2008

राष्ट्रपति चुनाव ४ गते

काठमांडू - साउन ४ गते मुलुकको राष्ट्रपति चयनका लागि चुनाव हुने भएको छ ।
मुलुकको राष्ट्रपतिका लागि साउन ४ गते चुनाव हुने भएको छ । असार ३१ गते बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दल सम्मिलित कार्यब्यवस्था परामर्श समितिको बैठकले साउन ४ गते बिहान ११ बजे राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव गर्ने निर्णय गरेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव सम्बन्धि सबै कार्यक्रमहरु परामर्श समितिको बैठकले तयार पारिसकेको तथा आज दिउँसो ३ बजे हुने बिधायिका संसदको बैठकमा प्रस्तुत गरेर पारित गरिने एमाले संसदीय दलका प्रमुख सचेतक रामचन्द्र झाले जानकारी दिए । राष्ट्रपतिको चुनावमा संविधानसभाका ६०१ सदस्यले मत दिन पाउनेछन् ।

No comments: