Wednesday, July 23, 2008

आज सार्बजनिक बिदा

काठमांडू- संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति तथा उपराष्ट्रपतिले सपथ ग्रहण लिई आ-आफ़्नो कार्यभार सम्हालेको उपलक्ष्यमा आज नेपाल सरकारले सार्बजनिक बिदा दिने निर्णय गरेको छ । नेपालको इतिहासमा पहिलोचोटी नेपालीका छोरा मुलुकको सर्बोच्च पदमा पुगेको खुशीयाली मनाउन सरकारले आज १ दिन बिदा दिने निर्णय गरेको हो । आज मुलुकभरि दिपावली गरी खुशीयाली मनाईने भएको छ ।

No comments: