Sunday, July 20, 2008

बलात्कारपछि हत्या

काठमाडौं - सानो गौचरणको भगवती बहालमा एक युवतीको बलात्कारपछि हत्या गरिएको छ ।
हत्या गरिएकी युवती ओखलढुङ्गा घर भई काठमाडौं बस्दै आएकी कोपिला दाहाल भएको प्रहरीले जनाएको छ । गएराती करिब नौ बजेतिर भगवती बहालस्थित ग्रील कारखानामा काम गर्ने कामदारहरुले दाहालको बलात्कार गरी हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
हत्यामा संलग्न भएकाहरु मध्ये गोरखाका सिपबहादुर अछामीलाइ गरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । साथै प्रहरीले सोही घटनामा संलग्न मृतककी साथीलाई पनि पक्राउ गरी अनुसन्धान भइरहेका जनाएको छ ।

हत्यामा संलग्न अन्य चार जना फरार रहेको बताइएको छ ।

No comments: