- अमृत भण्डारी
अर्घाखाचीमा ४२ गाविस छन् । सन्धिखर्कपछि वाङ्गला विकसित गाविसका रूपमा चिनिन्छ । सबै गाविसमा हिउदे मोटरबाटो पुगेपछि जिल्ला समग्ररूपमा केही अघि आएको महसुस सदरमुकामबाट टाढाटाढाका बासिन्दाले पनि गरेका छन् । झन्डै ३० गाविसमा विद्युतीकरण आंशिकरूपमा भइसकेको छ । खानेपानीको समस्या भने अधिकांश गाविसको साझाजस्तै छ ।
सदरमुकाम सन्धिखर्कबाट ५ किलोमिटर पूवमा पर्ने मेरो वाङ्गला गाविसमा विद्युतीकरणको राम्रो प्रभाव परेको छ । अधिकांश घरमा टेलिभिजन पुगेको छ । विगतमा काठमाडौबाट कहिलेकाही घर जादा पनि समाचार र देशको बारेमा जानकारी नपाइने यो ठाउमा अचेल केबल लाइन विस्तार भएको छ । झन्डै १६ वटा च्यानलले गर्दा समाचारको भोको हुन पर्दैन । अधिकांश नेपाली च्यानल र केही अन्यले गाउ रमाइलो भएको छ ।
सविधानसभा चुनावमा समाचारका लागि रेडियो मिटर बर्टार्नु परेन । रेडियो चलाउनेले पनि धेरै एफएम च्यानल भएपछि ताजा समाचारसगै आफूलाई अपडेट गरे । गोठालाहरू पनि मोबाइल फोनमा दिनभर जंगलमा गाईबस्तु चराउदै एफएम सुन्ने गर्दारहेछन् । गाउका साथीभाइ पनि केही न केही काममा संलग्न हुन थालेका रहेछन् । मोबाइल फोन लिएपछि गाउका साथीभाइले ठाउठाउ बाट मिसकल दिने तथा जरुरी समाचार भएमा फोन गरिहाल्छन् ।
गाईबस्तु चराउन जंगलमा गएको भाइ फोनमा भन्दै थियो- दाइ म त बडाखोलाको ठूलो पीपलको बोट मुनि बसेको छु । त्यो हरियाली र मनोरम दृश्यको सम्झनाले घरीघरी गाउमै फर्किन मन लाग्छ । ठाउठाउका पीपलका रुख र चौतारीको स्वच्छ बतासले मन आनन्दित बनाउछ । यसरी उपलब्ध साधन-स्रोत संरक्षण गर्ने हो भने भौगालिक विविधता भएको देशमा थुप्रै सम्भावना हुन सक्छन् । मलाई घरीघरी विचार आउछ त्यो बडाखोलाको सुन्दर जंगलबीचमा एक राम्रो रिसोर्ट चल्न सक्छ । यहाको मधुर वातावरणमा पर्यटनको सम्भावना उत्तिकै छ । यसलाई पर्यटकीय गाउमा परिवर्तन गर्न सक्ने हो भने युवाले गाउमै अवसर पाउने र देशले पनि विदेशी मुद्रा आर्जन गर्न सक्ने थियो ।
त्यो तल्लाचौरी, मन्यादि अलि तल गएपछिको तल्लाखर्कलाई व्यवस्थित गर्न सकिने थियो । वाङ्गला गाविसमै रहेको मथुरा धार्मिक तथा पर्यटकीयरूपमा निकै सम्भावना बोकेको स्थान हो । यहा सन्धिखर्कबाट पनि पिकनिकका लागि मानिस आउछन् ।
सुन्दैछु सन्धिखर्क तम्घास मोटरबाटो पिच हुने प्रकृयामा छ । पहिलो चरणमा सन्धिखर्कदेखि वाङ्गलासम्मको सात किलोमिटर बाटो पिच गर्न तयारी भइरहेको छ । वाङ्गला गाविसकै बाटोमा पर्ने मोती पुस्तकालयको आफ्नै महत्व छ । सहिद मोतीको नाममा स्थापित पुस्तकालय केही समय जीण् बन्दै गएको थियो । मैले त्यस विषयमा लेखेको थिए । उक्त लेखको प्रभावले गाउलेले यसलाई व्यवस्थित गर्न लागेको थाहा पाउदा खुसी लागेको छ । पुस्तकालयमा धेरै पुस्तक संकलन र केही रकम उठाएर यसलाई व्यवस्थित गर्न समिति पनि गठन गरिएको रहेछ । मोटरबाटो पुगेकाले काठमाडौंमा प्रकाशित हुने पत्रिका तथा प्रतिवेदन र अन्य पुस्तक पनि पुर्याउने हो भने यही बसेर अनुसन्धान गर्न सकिन्छ । यहा पुग्ने पर्यटकका लागि पुस्तक पढ्ने स्थान पनि हुन सक्छ । सरकारले यस्ता सम्भावना बोकेका गाउलाई व्यवस्थित गर्न बिस्तारै बजेट विनियोजन गर्ने हो भने पढेलेखेका पनि पढाइ सकाएपछि काठमाडौंमै बस्ने मानसिकताबाट मुक्त हुने थिए ।
गाउमै अवसर पाएपछि गाउ जानेको क्रम पनि बढ्ने थियो । मैले अध्ययन गरेको जीवनोद्धार माध्यमिक विद्यालय उच्च मावि बनिसकेको छ । एसएलसी पास गरेपछि गाउ नछाडे अध्ययन छुट्ने सम्भावनाबाट यहाका युवाले मुक्ति पाएका छन् । पानीको समस्या पूरा गर्न कुन्टी पधेरो संरक्षणका लागि गाविसले केही रकम छुटयाएको रहेछ । पानीका स्रोतको उचित व्यवस्थापन गर्न आवश्यक सचेतना कार्यक्रमको अभाव महसुस भएको छ मलाई ।
ठाउ-ठाउमा राखिएका टेलिफोनले र्सवसाधारणलाई फोन गर्नकै लागि सदरमुकामसम्म आइरहनु पर्दैन । गाउलेसग अव्यवस्थित ज्ञान छ । अनुसन्धान गर्नेका लागि गाउ त एक विश्वविद्यालय हो । यहाको ज्ञानले ठूल-ठूला सिद्धान्त बन्न सक्छन् । यसका लागि सरकारले ध्यान पुर्याउन जरुरी छ । मेरो गाउ विकसित हुदै गएको देख्दा मन आनन्दित हुन्छ । राम्रो विकासका लागि सरकारले पनि ध्यान दियो भने यो पर्यटकीय क्षेत्र पनि बन्न सक्छ ।
अर्घाखाची , वाङ्गला
हालः कीर्तिपुर, काठमाडौं
No comments:
Post a Comment