विधाता सिंह-
कान्तिपुरमा प्रकाशित आशिष लुइटेलको 'सहरमा प्रेम प्रदर्शन' पढ्न नपाए पनि त्यसमा खेम र सुजाताजीले गरेका टिप्पणी पढें । प्रेम का बारेमा मलाई लगेका कुरा हरु यहा लेख्दै छु ।
हाम्रो समाजले अर्काको अति चासो राख्छ । कुनै केटाको बाइकमा बस्यो भन्दैमा के त्यो गर्ल फ्रेंड नै हुन्छ - सगै हिडे भन्दैमा गर्ल फ्रेंड, ब्वाई फ्रेंड नै हुन्छन् । एक दिन केटा साथीले मलाई घर पुर्याउदा पूरा समाज मेरो पछि लाग्यो । के हो - कसो हो - कुरा काट्न कति हतार । मलाई नानाथरीको दोष लगाइयो । म केटासग लागें भनेर हल्लिखल्ली मच्चियो । तिनले मेरी आमाको कानमा समेत पुर्याउन भ्याएछन् । अब भन्नुस् यो सडेको समाजलाई के गर्ने - केटा र केटी बोल्न नपाउने हो भने विद्यालय, कलेजमा को- एडुकेसन हटाउनुपर्यो । साथी बनाउदैमा के बिग्रिन्छ - केटा साथी भन्दैमा यौनसम्बन्ध भइहाल्छ भन्ने छ - यौनसम्बन्ध रहेकै भए पनि अरूलाई के मतलब - कसैको निजी जीवनमा किन दखल दिने - थाहा छ, बाच्नु प्रकृतिको नियमअनुसार हो भने जिउनु आफ्नो इच्छाअनुसार ।
ल अब कुरा गरौं प्रेमको । प्रेम के हो - भन्ने युवापुस्तालाई न विद्यालयमा सिकाइयो न परिवारमै । आफूभन्दा अघिल्लाले जे गरेको देख्यो त्यही सिको ससाना कक्षामा अध्ययन गर्नेले गर्छन् । उनीहरूलाई के थाहा प्रेम - एकआपसमा कुराकानी हुदा मैले साथीलाई सोधें 'किन तिमीहरू गर्ल / ब्वोऊ फ्रेंड बनाउछौ -' 'आमाबुवाले नबुझेकाले' भन्ने जवाफ पाए ।
हरेकपल्ट छोरीलाई अधीनमा राख्न खोज्ने, इच्छाअनुसार कतै जान नदिने, शंकामाथि शंका गर्ने, यस्ता कामले उनीहरूमा नैराश्यता आउदैन - हो छोराछोरीका लागि आमाबुवा महान् हुन् । हामीलाई माया गर्छन् तर हामीलाई बुझदैनन् भने त्यो माया के काम - घरबाट दिक्क भएपछि उनीहरू बाहिरकै दुनियामा रमाउ“छन् । प्रेमी-प्रेमिका रोज्छन् र कलिलै उमेरमा यौन क्रियाकलापमा सामेल हुन्छन् ।
हाम्रा नेता देशलाई स्विट्जरल्यान्ड बनाउछौं भन्छन् । तर, म भन्छु, हाम्रो देश स्विट्जरल्यान्डभन्दा राम्रो छ । नेताजीहरू सक्नुहुन्छ भने सडेको समाजलाई बदल्नुस्, जसको दिमागमा गलत सोचबाहेक केही छैन ।
अचेल प्रेमलाई टाइमपासको हिसाबले लिइएको पाइन्छ । त्यसो हुनु गलत हो । प्रेमलाई आध्यात्मिक भावनाले हर्नर्पर्छ । त्यसैले घर एवं विद्यालयमा कम्तीमा आधा घन्टा जति आध्यात्मिक ज्ञान दिनु जरुरी छ जसले केही मात्रामा युवामा ज्ञान पलाउछ ।
पैसा हरायो भनेर रुनुभन्दा पहिला आफूले थैलीको मुख राम्रोसग बन्द गरेको छ छैन हर्नर्पर्छ । छोराछोरी प्रेममा फसे , कुलतमा लगे भनेर रुनुभन्दा आफूले सन्तानसग कस्तो व्यवहार गरें र छोराछोरी के चाहन्छन् भन्नेमा चिन्तन गर्नुपर्छ ।
मेरो विचारमा प्रेम भनेको आफूलाई कसैमाथि र्समर्पण गर्नु हो । र्समर्पण गरेबापत आशा नराख्नु वास्तविक प्रेम हो । तर यो किताब र फिल्म्मा मात्र सीमित छ । वास्तविक जीवनमा सम्भव छैन । यहा छोटो लुगा लगाउने, टन्न मेक-अप गर्ने स्टाइलिस्ट केटीलाई केटाहरू पछ्याउछन् । केटी पनि बाइकवाला स्टाइलिस्ट केटाको पछि लाग्छन् । के यही हो प्रेम ?
No comments:
Post a Comment