Thursday, May 15, 2008

काठमांडूमा गर्नु गर्‍यो पानीले

- निर्मला रेग्मी
'आज पनि रित्तै -' बिहान क्याम्पस जादा-आउदा रित्ता भाडासग मेरो जम्काभेट हुन्छ । ती मुस्कुराउछन् । म यही प्रश्न गर्छ भनिन्छ, रित्ता भाडा देख्यो भने साइत पर्दैन रे तर, रित्ता भाडा बाटो हिड्दाका साथीजस्तै भइसके । कहिलेकाही तिनलाई नदेख्दाबाटै शून्य लाग्छ । पेट्रोल र डिजेलको सट्टा पानीको लाइन देखिन्छ ।
नारनचौरस्थीत 'सत्य र्साई केन्द्र' कमलोखरीको 'अग्रवाल भवन' र धोवीधारामा सधैंजसो रित्ता भाडाको लाइन हुन्छ । पानीको समस्या मनमा खेलाउदै क्याम्पस जाने क्रममा हिजो बागबजारमा बटुवासग एक्कासि ठोक्किएर झसङ्ग भए । आखिर मलाई पनि छोडेन यो पानीले ।
काठमाडौंमा पानीको हाहाकार छ । मेलम्ची आएर छ्यालव्याल हुन्छ भन्ने सम्बन्धित निकायको खोक्रो आश्वासन 'आकाशको फल आखा तरी मर' भने जत्तिकै भएको छ । कहिलेसम्म रित्ता भाडा बोकेर
यताउता भौंतारिनुपर्ने हो - आज मर्‍यो भोलि औषधि गरेर के फाइदा ।
बहिनीले फोनमा आमालाई आग्रह गर्दै थिई- 'अरू त केही होइन, एक ग्यालिन पानी पठाइदिनु ।' रातभरि पानी आउला कि † भनेर धारा ढुकेर बस्यो तर थोप्पो झर्दैन । केही सीप नलागेर भएभरको मैलो लुगा पोको पारी घरमा पठाइछ बहिनीले । लुगा त पठाइयो तर नुहाउने के ले - गत सोमबार बहिनी कलेज नआएको चार दिन भइसकेको थियो । के भएछ - भनी बुझ्न नक्सालस्थित कोठामा गए । रातभर पानी कुर्दा कुर्दा बिरामी परिछ । 'दिदी राति १ बजेदेखि पानी कुरेको तर आएन् । चापाकल चलाउदा हात हल्लाउनै नहुने भएको छ । पानी त आएन, आएन उल्टै एक बाल्टी पानी धाराले खायो । केही सीप नलागेपछि नारनचौरस्थित 'सत्य र्साई केन्द्र' बाट पानी ओसार्दाओसार्दा बिहानै भयो । कहिलेकाही झुक्केर पानी आइहाले पनि बढीमा २० मिनेटमात्र हो ।'
घरबेटीसहितको चार परिवार रहेको त्यो धारामा पानी थाप्ने बेलामा जहिल्यै मारमार । घरबेटी र भाडावालबीच सधैं झगडा । वरपरको माहोल पनि उस्तै । वादविवादले रातै र्छलङ्ग हुन्छ । बहिनी गुनासो गर्दै थिई । बिचरी † सुत्न नपाउदा चार दिन थला परी । यस्तो छ नक्सालबासीको हालत ।
कमलपोखरीका बासिन्दाको हालत पनि केही फरक छैन । घरमा धारा त छन् तर पानी नआएको ठयाम्मै चार महिना भयो । साथी कुमारी सुनाउ“दैथिइन्- 'पानी नआए पनि पैसा तिर्नैपर्ने । कर्मचारी धारा जा“च्न आउ“छन् । के आधारमा मासिक ८० रुपैया“को बिल काटेर जान्छन् - कस्तो लाज पनि नलागेको - पैसा बुभाउने ठाउ“मा उजुरी गरे. भोलिदेखि आउ“छ भन्छन् । तर त्यस्ता भोलि कति गए कति - दर्ुइ-तीन दिन बिराएर ट्याङ्गकर आउ“छ ।'
रित्ता भा“डा बोकेर दौडादौड गरिरहेको दृश्य हर्ेदा कतिपल्ट अलमल्लमा परेंे म पनि । 'जसको शक्ति उसको भक्ति' भनेझैं बलिया र बाठाले मात्र पानी भर्न सक्छन् । सोझासाझा त हेरेको हेरै । वादविवाद चर्किएर रित्ता भा“डाले हानाहान गर्दा टाउकोमा चोटै लागेको मैले देखें । 'अचम्म नमान यार † हामीलाई त पचिसक्यो' दिक्क मान्दै कुमारीले सुनाई । ठेलमठेल गर्दै धन्न-धन्न पिउने पानीको जोहो गर्दारहेछन् कमपोखरीबासी ।
कोटेश्वरको हालखबर बुझ्न संगीतालाई सम्झें । ल पढ्नुस् उसकै भाषा- 'के कुरा गर्र्छौ - आउ“छ नि † दिनदिनै आउ“छ । अस्ति पनि दिउसभरि आयो । पानी थापेर यसो बाल्टिनमा हेरेको त भैंसी आल बसेजस्तै
-ढल मिसिएको) नाक थुन्दै थापें, कमसेकम ट्वाइलेटमा हाल्न त पाइयो -' नआएर भन्दा पनि फोहोर पानी आएर हैरान रहेछन् कोटेश्वरबासी । केही दिन अघिमात्र टेकुनिवासी मेरा गाउ“ले मित्र सरोजस“ग भेट भएको थियो । हत्त न पत्त पानीको खबर सोधिहालें । उनकै शैलीमा 'कुरा नगरौं † चार महिना भयो पानी नआएको ।'
हाम्रो गैरीधारा क्षेत्रमा भने यति धेरै समस्या भएको छैन । मलाई थाहा भएसम्म डेड वर्षघि मात्र धारामा ६ दिन पानी आएको थिएन । हाल पनि एक दिन बिराएर मेसिन र चापाकल लगाई तान्दा एक-डेढ घन्टा आउ“छ । सुरुमा एक-डेेढ बाल्टिन फोहोर आए पनि पछि त रामै्र आउ“छ । पिउनेबाहेक अरू त रोअरपम्पकै भर हो । पम्पको पानी भने घट्दै गइरहेको छ ।
घरघरमा पिउने पानीका धारा छन् तर थोपो पानी र्झदैन । च्याउ उम्रेसरी घर बनेका छन् । रोअरपम्प र इनार नभएको घर कमै होलान् । आधाभन्दा बढी आवश्यकता जमिनको पानीले धानेको छ । अत्यधिक प्रयोगका कारण कतिपय ठाउ“मा त्यही पनि सुकिसके । पिउने पानीको झन् के कुरा - आफन्त र सहपाठी फोहोरी भए भनेर खिसीचाहि“ नगर्नुर्होला है - किनभने दोष पानीको हुनसक्छ । पानीकै कारण विद्यार्थीको पढाइ छुटिरहेको छ । जागिरवाला राम्ररी काम गर्न सक्दैनन् । घरबेटी र छिमेकीबीचमा मनमुटाव । न सुत्न पाइने न धारामा पनि आउने † पानीको समस्याले दिनचर्या भताभुङ्ग भएको छ काठमाडौंबासीको ।
मेलम्ची † तिमी अबको पा“च वर्षा काठमाडौं आउ“छ्यौ रे † सा“च्चै आउ“छ्यौ त - आजको दिनसम्म तिमीलाई कतिले पुकारे - ढिलो नगर है मेलम्ची †

(कान्तिपुर दैनिकमा प्रकाशित पाठक पत्र )

No comments: