काठमांडू- नबाजागाजा न जग्गे छ, न त पुरोहित नै । यति मात्र होइन जन्ती र केटी पक्षका लागि खानाको व्यवस्था र दाइजो पनि छैन । तर शुक्रबार यहाँ भएको एक विवाहमा सबै जना खुसी र उत्साहित देखिन्थे ।
दाइजोको कुसंस्कार र तडकभडकको अन्त्यका लागि सो विवाह जम्मा दुइ रुपियाँ खर्च गरेर सम्पन्न भएको थियो । विवाहमा मनोरञ्जन र खानाको व्यवस्थाले सबै खुसी हुन्छन् भन्ने भ्रम चिर्न पनि सो विवाह उदाहरणीय भएको थियो । कोहुँशिवपुर-६ का २५ वषीय अर्जुन बराली र व्यास नगरपालिका-९ अँधेरी भन्ज्याङकी २१ वषीया लक्ष्मी विकबीच भएको सो विवाहमा केटाका बाबु टोलबहादुर र केटीका बाबु हर्कबहादुरबीच खर्च नै नगर्ने सहमति भएपछि उदाहरणीय विवाह गरिएको थियो । राम्रो कामको थालनी गरेकाले गाउँलेहरू पनि खुसी भएको केटीतर्फा छिमेकी बुद्धिबहादुर विकले बताए ।
आर्थिक अवस्था कमजोर भएकाले उनीहरूले यस्तो विवाह गरेका भने होइनन् । समाजमा चेतनाको ज्योति फैलाउन तडकभडक र दाइजो प्रथाको अन्त्यका लागि विवाहमा खर्च नगरेको बेहुला अर्जुनले बताए। बेहुला कतारको बलदियामा रोड सुपरभाइजरमा काम गर्छन् भने अहिले विवाहका लागि घर आएका हुन् । उनी मासिक ४० हजार कमाउँछन् । उनी ५ वर्षछि त्यहाँ काम गरेर बिदामा आएका हुन् । त्यसो त केटी पनि दमौली अस्पतालमा अस्थायी अहेब हुन् । दुवै जना कमाउने भए पनि उनीहरूले मुखले हैन व्यवहारले देखाउनुपर्छ भन्नका लागि यस्तो विवाह गरेको बताएका छन् । केटाले विवाहका लागि सिन्दूर किन्न दुइ रुपियाँ मात्र खर्च गरेका थिए । दुवैले माला साटासाट गरी शिवपाञ्चायन मन्दिरलाई साक्षी राखी केटाले सिन्दूर राखेपछि सबैले ताली पिटे, त्यसपछि विवाह सकिएको थियो । विवाह हेर्नेको घुइँचो लागेको थियो ।
No comments:
Post a Comment