Thursday, May 22, 2008

प्रचण्ड र मृतक श्रेष्ठ परिवारबीच भेट

काठमांडू- प्रचण्डबाट पाएको आश्वासन ब्यवहारमा लागू भएपछि मात्र आफूले बिश्वास गर्ने माओवादी जनमुक्ति सेनाबाट मारिएका कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठकी पत्नीले बताएकी छिन् ।
माओवादी अध्यक्ष प्रचण्डले आफ्नो जनमुक्ति सेनाबाट मारिएका कोटेश्वरका ब्यवसायी रामहरि श्रेष्ठको परिवारलाई भेटेका छन् । जेठ ९ गते बिहान राजधानीको ठमेलस्थित होटल बैशालीमा प्रचण्डसँगको भेटपछि मृतक श्रेष्ठकी पत्नी रमिलाले संचारकर्मीसँग कुरा गर्दै आश्वासनभन्दा आफूले माओवादीको काम हेर्ने बताइन् ।
श्रेष्ठको पारिवारिक श्रोतले माओवादी अध्यक्ष प्रचण्डले घटनाबारे माफी माग्नुसँगै जनमुक्ति सेना चितवनका डिभिजन कमाण्डर बिबिधलाई कानुनी कारवाहीको दायरामा ल्याउने वचन दिएको बताए । प्रचण्डले श्रेष्ठ परिवारसँगको भेटमा उच्चस्तरीय छानवीन आयोग गठन गर्न सरकारलाई पुन अनुरोध गर्ने पनि वचन दिएको श्रेष्ठकी पत्नी रमिलाले संचारकर्मीलाई बताइन् ।
यसैबीच, आजै मन्त्री परिषदको बैठक बस्ने भएको छ । उच्चस्तरीय आयोग मन्त्री परिषदको निर्णयले मात्र गठन हुनसक्छ ।
स्रोत: हिमालखबर डट कम

No comments: