Thursday, May 8, 2008

पत्रकार श्रेष्ठ रहेनन्

काठमाडौं- नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपशाखाका पूर्व सभापति एवं क्रियाशील पत्रकार अशोक श्रेष्ठको ४९ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उहाँ खोज तथा अनुसन्धानमूलक पत्रकारितामार्फत लोकतन्त्रका पक्षमा विगत तीन दशकदेखि क्रियाशील हुनुहुन्थ्यो ।
उहाँका श्रीमती, दुइ छोरी र एक छोरा छन् । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।
महासङ्घ काठमाडौँ र नेपाल प्रेस युनियनले छुट्टाछुट्टै वक्तव्य जारी गरी स्व श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
स्रोत : रासस

No comments: