Sunday, February 3, 2008

नेपालमा पर्यटक बढे

काठमाडौं - आतिथ्य सत्कार उद्योगको सुधार कायम राख्दै अंग्रेजी नया वर्षको पहिलो महिनाले अर्को सुखद् खबर ल्याएको छ । जनवरी (पुस/माघ) महिना नेपाल आउने पर्यटक गत वर्षत्यसै अवधिभन्दा झन्डै १३ प्रतिशत बढेका छन् । पर्यटन बोर्डको तथ्यांकअनुसार यो महिना हवाई मार्ग भएर २६ हजार ६४ पाहुनाले नेपाल भ्रमण गरेको छन् । गत वर्षजनवरीमा २३ हजार ७९ पर्यटक आएका थिए । दशक लामो द्वन्द्व सकिए लगत्तै नेपाल आउने पर्यटक बढिरहेका छन् । सन् २००७ मा अहिलेसम्मकै सबैभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् १९९९ मा ४ लाख ९३ हजार पर्यटक आएकोेमा सन् २००७ मा यो संख्या बढेर ५ लाख नाघेको हो ।पछिल्लो तथ्यांकअनुसार युरोपेली र अमेरिकी पर्यटकको वृद्धिदर उत्साहजनक छ । युरोपेली पर्यटक संख्या उच्चदरमा बढेर ३ ५ हजार ४ सय ४२ पुगेको छ । यसमा फ्रान्सेली पाहुनामात्र १ हजार ३२ छन् जुन गत वर्षो यसै अवधिभन्दा ७८ दशमलव ५ प्रतिशतले बढी हो । बेलायती पाहुना संख्या यो अवधिमा १ हजार ५ सय ४३ पुगेको छ । अमेरिकी पर्यटकको संख्या पनि गत वर्षन्दा२८ प्रतिशत बढेर २ हजार ४६ पुगेको छ ।नेपाल आउने पर्यटकमा सबैभन्दा ठूलो हिस्सा ओगट्दै आएका भारतीय पहुनाको संख्या भने लगातार घटिरहेको छ । नेपाल आउने पर्यटकमा भारतीयको हिस्सा एक तिहाई हुने गरेकोमा जनवरीमा यो घटेर २५ प्रतिशतमा आएको छ । छिमेकबाट नेपाल घुम्न जनवरीमा ६ हजार ४ सय ४० जना आएका थिए । जबकि सन् २००७ को जनवरीमा ७ हजार ३ सय ३५ जनाले भारतीयले नेपाल भ्रमण गरेका थिए ।नेपाल र भारतबीच उडान गर्ने बिमान कम्पनीको हवाई भाडा बढ्न थालेपछि छिमेकबाट आउनेको संख्या घटिरहेको हो । पर्यटन बोर्डले भने शान्ति स्थापनासगै पर्यटकको आत्म विश्वास बढिरहेको जनाउदै आउदा दिनमा पाहुना अझ बढ्ने बताएको छ ।

No comments: