Thursday, January 10, 2008

चुनाव तिथि आज तोक्ने सम्भावना

काठमाडौं- संविधानसभा निर्वाचनको तिथि घोषणा गर्नेबारेमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सभामुख सुवास नेम्वाङबीच बिहीबार छलफल भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटघाटमा निर्वाचनको तिथिसँगै निर्वाचनको वातावरण बनाउनेबारेमा समेत छलफल भएको थियो।सो अवसरमा प्रधानमन्त्री कोइरालाले निर्वाचनको तिथि तोक्नेबारेमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग आफूले परामर्श लिएको र सम्भवतः मन्त्रिपरिषद्को आजको बैठकले मिति तोक्ने जानकारी गराउनुभएको थियो।

No comments: