Thursday, January 10, 2008
मंत्रीपरिषदको विस्तार
संविधानसभाको चुनावका लागि तीन महिना बाँकी रहँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो मन्त्रिपरिषदको विस्तार गरेका छन् । बिहीवार थप गरिएका मन्त्रीहरुमा नेपाली कांग्रेसका तर्फबाट कोइरालाकी पुत्री सुजाता कोइराला तथा फर्मुल्लाह मन्सुर छन् ।
कांग्रेसभित्रैबाट विशेषगरी वर्तमान गृहमन्त्रीको कटु आलोचकको रुपमा चिनिएकी कोइराला बिना विभागीय मन्त्रीमा नियुक्त भएकी छन् । तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने विधायक मन्सुरले भने हालै महन्थ ठाकुरले राजीनामा दिएपछि रिक्त हुनआएको विज्ञान तथा प्रविधि मन्त्रालय सम्हाल्ने छन् ।
एमालेका तर्फबाट रामचन्द्र यादवको सामान्य प्रशासन मन्त्रीको रुपमा पदोन्नति भएको छ । एमालेका नागेन्द्र चौधरीलाई कृषि राज्यमन्त्री, कांग्रेसको महालक्ष्मी उपाध्यायलाई जलश्रोत राज्यमन्त्री र कांग्रेसकै रामकुमार चौधरीलाई गृह राज्यमन्त्री बनाइएको छ । माओवादिका नवीन विश्र्वकर्मा स्थानीय विकास राज्यमन्त्री र पदम राइ निर्माण तथा भौतिक योजना राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment