Monday, January 28, 2008
'खाडीमा विदेशी कामदारको सुनामी'
दोहा- बहराइनका श्रममन्त्री मजिद अल-अलावीले खाडी मुलुकका बासिन्दा अल्छी भएको परिणामस्वरूप यो क्षेत्रमा एसियाली कामदारको 'सुनामी' आउन लागेको बताएका छन् । लन्डनबाट प्रकाशित हुने अरबी समुदायको अंग्रेजी पत्रिका अश्रक अल असतसग संयुक्त अरबको दुबईमा कुरा गर्दै मन्त्री अल-अलावीले खाडी राष्ट्रमा १ करोड ७० लाख विदेशी कामदार रहेको र यसमा अधिकांश एसियाली उपमहादेशका रहेको जनाएका छन् ।
'यो परमाणु बम अथवा इजरायली आक्रमणभन्दा डरलाग्दो कुरा हो,' उनले भनेका छन्- 'म यो संख्यालाई बर्ढाई-चर्ढाई भनिरहेको छैन तर अबको १० वर्षमा यो संख्या ३ करोड पुग्ने छ ।' उनले अबको ६ वर्ष भीत्र विदेशी कामदारको संख्यालाई सीमित गर्न आफूले खाडी मुलुकका सरकारसग प्रस्ताव गरिसकेको भए पनि यसमा सुनुवाइ नभइरहेको बताए । मन्त्री अल-अलावीले खाडीवासीलाई 'अल्छी' र 'ब्रिरेका' भन्दै सामान्य कामका लागि पनि उनीहरू परनिर्भर रहेको बताए । 'बेलायतमा करोडौं सम्पत्तिका मालिक पनि हरेक आइतबार आफ्नो गाडी आफैं सफा गरिरहेका हुन्छन्,' उनले भनेका छन्- 'तर हाम्रो खाडीका जनता भने केही मिटर पर्तिर पुगेर एक ग्लास पानी पनि ल्याउन सक्तैनन् ।'

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment