Thursday, January 10, 2008
सांसदलाई १० लाख
काठमांडू - अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रममा खर्च गर्न प्रतिसांसद १० लाख रुपैया दिन सुरु गरेको छ । पहिलो चरणमा मंगलबार १ सय ९२ सांसदका लागि १९ करोड २० लाख विनियोजन गरिएको छ । कान्तिपुरका अनुसार जिल्ला विकास समितिमार्फत सांसदले आफ्नो निर्वाचन क्षेत्रमा चाहेको परियोजनामा यो रकम खर्च गर्नुपर्ने प्रावधान छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फ़त यो रकम राखिएको थियो । बजेट बनाउदा निर्वाचन तय भएकाले सांसदलाई सीधै रकम दिदा चुनाव प्रभावित हुने भन्दै यसमा विनियोजन गरिएको थिएन । तर सबै पार्टीका सांसदले रकम नराखे बजेट स्वीकृत नगर्ने चेतावनी दिएपछि अर्कै शीर्षक राखेर मिलईएको हो । त्यसलगत्तै निकासासमेत गरिएको हो । पहिलो पटक सांसद भएका र निर्वाचन क्षेत्र खुलेका सांसदलाई आफ्नो क्षेत्र तोक्न भनिएको थियो । ९ जना सांसदबाहेक सबैले आफ्नो गृह जिल्ला तोकेका छन् । सांसदले पहिचान गरेको योजनामा जिविसले उपभोक्ता समितिलाई यो रकम भुक्तानी दिन्छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment