Tuesday, January 22, 2008
पढ्न बेलायत जानेहरु हो, फेला परिएला!
– चुरा थापा हङकङ
नेपाललगायत तेस्रो मुलुकका अधिकांश युवाको जीवनमा एउटा सपना हुन्छ। त्यो हो युके तथा अमेरिका र अष्ट्रेलियामा गुणस्तरीय शिक्षा हासिल गर्ने। यो चलन तेस्रो देशमा मात्र नभई हङकङजस्तो सम्पन्न शहरमा व्याप्त पनि छ। हङकङमा नेट शिक्षकको माग छ। नेट शिक्षक हुनका लागि कुनै पनि व्यक्तिले कि त ब्रिटिश, अष्टे्रलिया वा अमेरिकामा अध्ययन गरेको हुनुपर्छ कि भने अंग्रेजी मातृभाषी हुनुपर्छ। कतिपय ब्रिटेन, अमेरिकातिर गएर अध्ययन गरेका चिनियाँ, भारतीय वा नेपालीहरू समेत अहिले हङकङमा नेट शिक्षकका रूपमा कार्यरत छन्। तिनीहरूको तलब तथा सुविधा पनि स्थानीय शिक्षकको दाँजोमा कैयौं गुणा बढी हुन्छ। नेट शिक्षकको माग हङकङमा मात्र होइन, कोरिया, जापान, मलेशिया, चीनलगायत ब्राजिल तथा मध्यपूर्वी देशहरूमा पनि उच्च रहेको छ। नेट शिक्षकका लागि हङकङ सरकारले त एउटा छुट्टै कानून नै तयार पारेर स्थानीय विद्यालयमा हजारौं नेट शिक्षक नियुक्त पनि गरेको छ। तर, विश्वभरि भाषा, प्रविधि वा गुणस्तरीय शिक्षाको नाममा जनशक्ति निर्यात गर्ने ब्रिटेनजस्तो देशमा तेस्रो मुलुकका नागरिकहरूलाई ठगी गरिन्छ भन्दा शायद कमैले पत्याउलान्। अहिले युकेमा सैयौं शैक्षिक संस्था छन्। जसले शिक्षाको नाममा एउटा कागजको खोस्टो मात्र हात पारिदिन्छन्। कम्प्युटरको माध्यमबाट अनलाइनमा ती संस्थाहरूको जानकारी हेर्योम भने आकर्षक वेभसाइटहरू बनाएर बसेका छन्। उनीहरूको विश्वविद्यालयमा अध्यापन गराउने प्राध्यापकहरू पनि अति आकर्षक रूपमा प्रस्तुत गरिएको हुन्छ। यो कुनै तेस्रो मुलुकका मानिसले भनेका होइनन्। ब्रिटेनको गार्जियन पत्रिकामा एकजना लेखिकाले दिएको जानकारी हो यो। उनकाअनुसार ब्रिटेनमा दशकभन्दा बढी समयदेखि सञ्चालित आइरिस अन्तर्राष्ट्रिय विश्वविद्यालय (आईआईयू) नामको संस्थासमेत यो कित्तामा परेको छ। पूर्वी एशियाको क्वालालम्पुरदेखि मोनाकोसम्म आफ्नो कर्मचारी राखेको यसले विगत एक दशकभन्दा बढी समयदेखि विश्वका विभिन्न देशका विद्यार्थीलाई यूरोपका कुनै पनि देशमा मान्य नहुने शैक्षिक प्रमाणपत्रहरू बेच्दै आइरहेको छ। ब्रिटिश तथा अमेरिकी शिक्षा तेस्रो देशका विद्यार्थीका लागि अति नै महङ्गो मानिन्छ। तर, आईआईयूले अन्य विश्वविद्यालयभन्दा सस्तोमा डिग्री कोर्शहरू उपलब्ध गराएको प्रचार गरी विदेशी विद्यार्थीलाई झुक्याउने गरेको छ। यी कलेज तथा कथित विश्वविद्यालयमा वर्षको एकपटक स्थानीय गोराहरूलाई प्राध्यापकको गाउन (च्भनबष्बि) मा विद्यार्थीसँग फोटो खिच्न लगाइन्छ। बीबीसीको एक अनुसन्धानमा दिइएअनुसार ब्रिटेनमा यस्ताखाले नक्कली कलेज र विश्वविद्यालयको संख्या सैयौंको संख्यामा छ। जसका वेभसाइटहरू आकर्षक हुने भए पनि विश्वविद्यालयको भवन भने साना खुद्रा पसल थाप्नेजस्ता कोठाहरू हुन्छन्। कलेज तथा विश्वविद्यालयको हवाला दिने यस्ता नक्कली संस्थाका मान्यताप्राप्त संस्थाका जस्ता लाइबे्ररी, ल्याबोरेटरी तथा खेलमैदान त हुने कुरै भएन। अझ कतिपयका त अध्ययन कक्षाहरू समेत हुँदैनन्। विदेशी पैसा विनिमय गर्ने क्यासियर रुम मात्र हुन्छन्। यस्ता कलेज तथा विश्वविद्यालयको जालमा परी विश्वको कैयन देशका विद्यार्थीले लाखौं रकम स्वाहा पारेका छन्। उनीहरूले मान्यता प्राप्त प्रमाणपत्र त परै जाओस् आफूले अपेक्षा गरेबमोजिम ज्ञानसमेत हासिल गर्न सकेका छैनन्। ब्रिटिश सरकारले भने यस्ता कलेज तथा विश्वविद्यालयलाई बन्द गराउनेतर्फ कुनै पहलकदमी चालेको देखिँदैन। हुन त कतिपय नेपाली पनि यसखाले कलेजमा जानीजानी भर्ना हुने गरेको पाइन्छ। हङकङबाट सात वर्षअघि युके गई फेरि हङकङ फर्केका कमल थापाका अनुसार उनले युकेमा स्टुडेन्ट भीसा लिएर काम गर्नका लागि त्यसखाले कलेजमा भर्ना गरेका थिए। र, उक्त कलेजले वर्षेनी उनलाई विद्यार्थीको प्रमाणपत्र दिने गर्दथ्यो। तर, उनले उक्त कलेजमा कहिल्यै कुनै प्रकारको कोर्श अध्ययन गरेनन्। नेपालबाट जाने कैयन मानिस युकेमा काम गर्नकै लागि भए पनि यसखाले कलेजको सहारा लिने गर्छन्। किनकि सक्कली र प्रतिष्ठित कलेज वा विश्वविद्यालयमा भर्ना हुँदा रकम बढी तिर्नुपर्ने, साथमा नियमित रूपमा हाजिर हुनु र वर्षको अन्त्यमा परीक्षा दिनुपर्ने झन्झट। यसो हुनुमा नेपालीको आफ्नै समस्या पनि होला। खासमा युकेमा गई तीन चार वर्ष नियमित अध्ययन गर्नसक्ने कमै नेपाली हुन्छन्। त्यसैले अध्ययनको नाममा युके छिरेपछि उता पुगेर पैसा कमाउनु तिनको धन्दा हुन्छ। वास्तविक रूपमा ज्ञान आर्जन खोज्ने तथा खर्च थेग्नसक्ने मानिसहरू कतिपय अवस्थामा यस्ताखाले कलेजको फन्दामा परेका छन्। युके अध्ययन गर्न जानका लागि शुरुमा दश लाख बराबरको रकम पेल्नुपर्ने हुन्छ। नेपालजस्तो गरिब मुलुकका विद्यार्थीका लागि एकैपटक दशौं लाख रकम फस्नु भनेको जिन्दगी बर्बाद हुनु हो। पैसाको नोक्सानीका साथै समयको बर्बादी। कसैले नक्कली प्रमाणपत्र पत्ता लगायो भने भन्ने त्रास उत्तिकै। त्यसैले युके अध्ययन गर्ने सपना बोकेका युवायुवतीले रकम फसाउनुअघि राम्ररी अध्ययन गर्नु आवश्यक देखिन्छ। इन्टरनेटमा पाइने आकर्षक विज्ञापनहरूको भन्दा पनि वास्तविक रूपमा तिनीहरूको चरीत्र पत्ता लगाउनुपर्दछ। यसका लागि ब्रिटिश राजदूतावास वा ब्रिटिश काउन्सिलको वेभसाइटमा दिइएका विश्वविद्यालयका लिष्ट हेर्न सकिनेछ। आजकल एजुकेसन इन युके नामक पुस्तक पनि बजारमा पाइन्छ। सोबाट आवश्यक जानकारी लिन सकिन्छ। यत्रतत्र खुलेका शैक्षिक कन्सल्ट्यान्टहरूको फत्तुरमा नलागी केही समय धैर्य बनेर स्वअध्ययन गर्यो भने वास्तविक अध्ययनका लागि ब्रिटेन जान चाहने विद्यार्थीले धेरै जानकारी हासिल गर्न सक्छन्। तर, अध्ययन गर्न झन्झट मानेर वा हतारमा निर्णय गरेमा परिनेछ तिनै नक्कली कलेजको फन्दामा।
स्रोत: weeklynepal.com

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment