Thursday, January 3, 2008

ढलको पानी घर-घरमा

ललितपुर- ललितपुर नटोल जलविनायक सडक खण्डमा जमेको ढलको पानी घरघरमा जडित खानेपानीको धाराबाट बग्न थालेपछि सो क्षेत्र आसपासका करिब दुइ सय घरपरिवार प्रभावित भएका छन् । त्यहाँ ढलको मङ्गाल बनाउने क्रममा खनिएको करिब १२ फटि गहिरो खाल्डोमा फोहोर पानी जमेको थियो । ढलको पाइपमा हिलो माटो, कसिङ्गर जम्मा भई पानी बग्न नपाएपछि खानेपानीको पाइपसँग जोडिएर पानी निस्किएको स्थानीय बासिन्दाको भनाइ छ ।
उपमहानगरपालिकालाई समस्या समाधान गर्न पटक-पटक आग्रह गर्दा पनि त्यर्सतर्फ खासै प्रयास भएन- स्थानीयवासी जनकराज तुलाधरले भने । अहिले उपभोक्ताले पानीको समस्या बेहोर्नुपरिरहेको छ । दैनिक कामका लागि प्रदूषित पानी प्रयोग गर्न बाध्य छौ -गृहिणी सङ्गीता तुलाधरले भनिन्, खानका लागि पानीको समस्या नै छ ।

No comments: