
Saturday, January 5, 2008
साथी खोज्दै छन रामकृष्ण

गायक रामकृष्ण ढकाल नयाँ साथी खोज्दै छन् । तपाइँले सोच्नु भएजस्तो उनकी श्रीमती नीलमसँग झगडा भएर नयाँ साथी खोजेको चाहिँ होइन । उनले यस पटक नयाँ काम गर्न खोज्दै छन्, त्यसैले पनि नयाँ साथीको खोजी गरेका हुन् ।
यो नयाँ साथी के होला भन्ने सोचिरहनु भएको छ भने रामकृष्णकै शब्दमा सुन्नुहोस्- "मेरो नयाँ एल्बमको नाम हो- मेरो साथी ।"उनका गीति एल्बमका फ्यानहरु लगभग विदेशिइसके । आधुनिक गीत सुन्ने एउटा पूरा पुस्ता विदेशिएको छ । देशको राजनीतिक अव्यवस्थामा पाइरेसीको बोलवाला छ । त्यसैले उनले अब उनका फ्यानहरु नयाँ खोज्नु पर्ने बेला भएको छ । नयाँ पुस्तालाई रिझाउनु पर्ने बेला भएको छ । त्यसैले उनले नयाँ साथीको खोजी गरेका हुन् र एल्बमको नाम जुराएका हुन्- मेरो साथी ।यो एल्बमसँगै रामकृष्णको एल्बम संख्या नौ पुग्नेछ । आठ वटा एल्बममा उनले 'आ' प्रेम कहिल्यै छाडेका थिएनन् । तर यस पटक 'आ'को साथ छोडेका छन् । 'आ' साथी छुटेपछि उनले नयाँ साथी त खोज्नै थियो, त्यसैले पनि एल्बमको नाम जुराए- मेरो साथी
अहिले पप गीतको लहर छ । एफएमहरुको संख्या तीन सय पुगिसक्यो । यो सूचना क्रान्तिले धेरैलाई सघाए पनि सङ्गीत उद्योगलाई सघाउन सकेको छैन । एल्बम बिक्री दिनदिनै घट्दो छ । कर्न्र्सटमा नयाँ पुस्ता हावी छ, त्यसैले पनि अहिले रामकृष्णलाई नयाँ साथी चाहिएको छ ।रामकृष्णको 'मेरो साथी'मा अर्को एउटा साथी थपिएका छन्, भिडियो मेकर आसिफ । उनले रामकृष्ण र नीलमलाई लिएर भिडियो बनाइसकेका छन् । यस पटकको एल्बममा न्ह्यू वज्राचार्यले पूरै एल्बममा सङ्गीत दिएका छन् । "मेरो र न्ह्यू वज्राचार्यको ट्युनिङ मिलेकाले यस पटक पूरै एल्बम उहाँसँग गर्न लागेको हुँ", रामकृष्णको स्पष्टोक्ति छ । हुन पनि वज्राचार्यको सङ्गीत रहेको 'ओराली लागेको...', 'दैव तेरो...' या 'नजिक आउनुमा...' सप्पै गीत हिट छन् । त्यसैले यो जोडीबाट यस पटक पनि धाँशु प्रस्तुतिको आशा गर्न सकिन्छ ।यस पटक यो जोडीको प्रस्तुति र 'आ'सँग छुटेको साथले कस्तो परिणाम ल्याउने हो, स्वयम् रामकृष्णलाई पनि चासोको विषय बनेको छ । तपाइँ-हामीलाई त हुने भयो नै !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment