Monday, January 7, 2008
एशिया का प्रभाबशालिमा दुई नेपाली
काठमांडू - युवा राजनीतिक नेता गगन थापा र नेपाली बैंकका प्रखर अगुवा अनील शाह एसियाका प्रभावशाली व्यक्तित्वका रुपमा छानिएका छन् । उनीहरुलाई एसिया महादेशभरिका अन्य प्रखर अगुवा र आइडोलहरुकै दाँजोमा एसिया न्यूज नेर्टवर्कले राखेको हो ।
सूचिमा भूटानी राजकुमार तथा राष्ट्र प्रमुख जिग्मे केशर नामग्याल वाङचुक (२७), भारतीय सांसद राहुल गान्धी (३७), फिलिपिनी नेता फ्रान्सिस जोसेफ एस्कुडेरो (३८), थाइल्याण्डका नेता अभिसित वेज्जाजिभा (४३), मलेसियाका वायुसेवा व्यवसायी टोनी फर्नान्डेज (४५), चीनका व्यापारी सि जेन ग्रोङ (४४), हंगकंगका एड्स् सम्बन्धी कार्यकर्ता चुङ् तो (४०), इण्डोनेसियाका मजदूर कार्यकर्ता वाहयु सुसिलो (३९) रहेका छन् । यिनीहरुसँग नेपाली युवा विद्यार्थी नेता गगन थापा र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनील केशर शाह कुममा कुम उभ्याउनुलाई केही विश्लेषकहरुले अत्यन्त शुभ मानिरहेका छन् । लोकतान्त्रिक आन्दोलनमा निर्भिक रुपमा आफूलाई उभ्याएका गगन थापालाई भोलिका नेपाली प्रधानमन्त्रीका रुपमा हेर्न चाहने युवा जमात निकै ठूलो रहेको बताउँदै एसिया न्यूज नेटवर्कले उनले पहिलो पटक युवा पुस्तामा राजतन्त्र विरुद्ध उठाएको आवाजको प्रशंसा गरेको छ ।
त्यसैगरी, बैंकको रिसेप्सनिष्ट हुँदै बैंकको मुख्य सञ्चालकसम्म पुग्ने नेपालका एक मात्र व्यक्तिको रुपमा अनील शाहलाई उभ्याउँदै उनले पछिल्लो समयमा चालेका कदमले बैंकको उन्नतिमा देखिएको उत्साहप्रद नजितालाई मुख्य आधार मानेको छ ।त्यस्तै यो पत्रिकाले आफ्नो डिसेम्बरको अन्तिम अङ्कमा पत्रिकाले एसियाका अल टाइम आइडोलका रुपमा विश्वेश्वरप्रसाद कोइरालालाई प्रस्तुत गरेको छ । जुन सूचिमा दलाई लामा, महात्मा गान्धी, बंगलादेशी प्रधानमन्त्री शेख मुजिबुर रहमान, सिंगापुरका प्रथम प्रधानमन्त्री लि कुआन येउ, चीनका माओ जे दुङ र फिलिपिन्सका नेता बेनिग्नो निनो एक्विनो पनि रहेका छन् । खासगरी सूचिमा परेका गगन थापा र अनील शाहका बारेमा काठमान्डू पोष्टले विस्तृत लेख छापेको थियो । यिनै लेखहरुलाई आधार मानेर एसिया न्यूज नेटवर्कले उनीहरुलाई छानेको हो ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment