Monday, January 7, 2008

बलेको सिलिन्डर सडकमा फाल्दा...

काठमाडौं- कालीमाटीस्थित मुख्य सडकमा आज बिहान हुर्हुरी बलिरहेको ग्याँस सिलिन्डरले केहीबेर आतङ्क छायो । साल्ट ट्रेडिङअगाडिको एउटा घरको कोठामा अचानक सल्किएर फालिएको सो सिलिन्डरको आगो निभाउन प्रहरी र दमकल तत्काल घटनास्थल पुगेका थिए । आगो तत्काल निभाइएकाले सिलिन्डर विस्फोट भने हुन पाएन । यातायात केहीबेरमै खुल्यो । आज बिहान ८ बजेतिर मदुर उल्हकको डेरामा ग्याँस चुल्हो बाल्न लाग्दा ग्याँस लिक भई सिलिन्डर हुर्हुरी बल्यो । त्यसपछि डेरावालले भर्याङ हुँदै सिलिन्डर सडकमा फालिदिएका थिए । सो घटनामा मदुर उल्हकका भाइ सामान्य घाइते भए।

No comments: