Tuesday, January 8, 2008
'डोल्मालाई मृत्युदण्डै'
काठमाडौं, पुस २३ - हत्या अभियोगमा डोल्मालाई कुवेती अदालतले मृत्युदण्डको फैसला सुनाएको त्यहाका कानुन व्यवसायीले पुष्टि गरेको समाचार आजको कान्तिपुरले प्रकाशित गरेको छ ।
कुवेतस्थित कानुन व्यवसायी हसिम मजेदका अनुसार आफू कार्यरत मालिकका घरमा बसेकी अर्का फिलिपिनो कामदारको हत्या गरेको अभियोगमा सिन्धुपाल्चोककी २७ वषर्ीया डोल्मा शर्ेपालाई मृत्यु दण्डको फैसला सुनाएको हो । उनले अदालतले लामो प्रक्रियापछि मृत्युदण्ड सजायको निर्ण्र्ाागरेको जानकारी दिए । मजेदले 'डोल्माको कानुनी स्थिति एकदमै कमजोर रहेको' बताए । काठमाडौंस्थित मानव अधिकारवादी संस्था पौरखी नेपालका संयोजक विजय श्रेष्ठलाई दिएको इमेल जानकारीमा घरमालिक मोहम्मद अब्राहिम मोहम्मद अल्दारीकी अर्की कामदारलाई सन् २००५ डिसेम्बरमा छुरा प्रहारबाट हत्या गरेकी थिइन् ।
हत्यापछि उनी फरार भएकी थिइन् । पछि सामयास्थित नाजी अब्दुल अजिज अहम्मदको घरमा पक्राउ गरी मुद्दा चलाइएको मजेदले जनाए । 'मारिएकी युवतीका हातमा डोल्माको केस भेटिएको थियो,' उनले भनेका छन्- 'यसबारे नेपाल सरकार र कुनै निकायको आवाज नरहेकाले डोल्माको कानुनी स्थिति कमजोर देखिन्छ ।' कानुन व्यवसायी मजेदले 'अब डोल्मालाई आफ्नोतर्फाट सहयोग गर्न सकिने आधार टुंगिएको' समेत बताएका छन् । राहदानी नं. २६०५६९२ की डोल्मा पहिलोपटक कुवेत १० नोभेम्बर २००५ मा प्रवेश गरेकी थिइन् ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment