Tuesday, January 8, 2008
टेलिफोन महसुल घटाइने
काठमाडौं- नेपाल टेलिकमले फागुन १ गतेदेखि सबै किसिमका मोबाइल र साधारण टेलिफोनको महसुल घटाउने घोषणा गरेको छ । टेलिकमले जीएसएम पोस्टपेड मोबाइलमा प्रतिमिनेट ५० पैसादेखि ७० पैसासम्म घटाएको छ भने प्रिपेडमा ३० पैसादेखि ५० पैसासम्म प्रतिमिनेट घटाउने भएको छ ।
त्यस्तै सीडीएमएको प्रिपेड (स्काइफोन) मा ३० पैसादेखि एक रुपियाँसम्म कटौती गर्ने घोषणा टेलिकमले गरेको छ ।उता साधारण टेलिफोनबाट देशभित्र हुने कलमा प्रतिमिनेट ५० पैसा महसुल दर कटौती गरेको छ । निर्वाचनको मिति घोषणापछि लागू हुने आचारसंहिताका कारण टेलिकमले आगामी फागुन १ गतेबाट लागू हुने सो महसुल दरलाई एक महिनाअघि नै र्सार्वजनिक गरेको हो । यो महसुल दरलाई नेपाल दूरसञ्चार प्राधिकरणले अनुमोदन गरेपछि लागू हुनेछ’ -टेलिकमका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भन्नुभयो। टेलिकम सञ्चालक समितिको आइतबार बसेको बैठकले जीएसएम मोबाइल, सीडीएमए मोबाइल, साधारण तथा सीडीएमए टेलिफोनको विद्यमान महसुललाई घटाउने हो ।
टेलिकमको वाषिर्कोत्सवको अवसर पारेर महसुल दरलाई घटाउने निर्णय भएको बताइएको छ। वाषिर्कोत्सव माघ २२ गते भए पनि प्राविधिक रूपमा सोही दिनदेखि घटाउन अप्ठयारो परेकाले फागुन १ गतेदेखि मात्रै महसुल दर घटाउन लागिएको टेलिकमका अधिकारीहरूले जानकारी दिएका छन्।फागुन १ गतेदेखि लागू हुने महसुल दरमा पोस्टपेड मोबाइलतर्फबिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म हाल रहेको ३ रुपियाँ प्रतिमिनेटलाई घटाएर २ रुपिया“ ४० पैसा हुनेछ। त्यस्तै बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ८ बजेसम्म हाल कायम प्रतिमिनेट १ रुपियाँ ५० पैसा महसुललाई घटाएर १ रुपियाँ कायम गरिने टेलिकमले जनाएको छ। शनिबार भने चौबीसै घण्टा प्रतिमिनेट १ रुपियाँ महसुल लाग्ने जनाइएको छ।त्यस्तै जीएसएम प्रिपेड मोबाइलमा बिहान ८ देखि बेलुकी ८ बजेसम्मका लागि अहिले प्रतिमिनेट ३ रुपियाँ ५० पैसा महसुल लाग्ने गरेकोमा फागुन १ गतेबाट ३ रुपियाँ २० पैसा लाग्नेछ। बेलुकी ८ बजेदेखि बिहान ८ बजेसम्मको प्रतिमिनेट २ रुपियाँ ५० पैसा लाग्ने गरेकोमा २ रुपियाँमा झारिएको छ भने शनिबार चौबीसै घण्टाका लागि विगतमा २ रुपियाँ ५० पैसा रहेकोमा २ रुपियाँमा झारिएको छ। सीडीएमएको मोबाइलमा बिहान ८ देखि बेलुकी ८ बजेसम्म हुने कलमा प्रतिमिनेट ३ रुपियाँ रहेकोमा त्यसमा ३० पैसा घटाएर २ रुपियाँ ७० पैसामा झार्ने घोषणा टेलिकमले गरेको छ।बेलुकी ८ देखि बिहान ८ बजेसम्मका लागि प्रतिमिनेट २ रुपियाँ लाग्दै आएकोमा त्यसमा कुनै फेरबदल गरिएको छैन भने शनिबारका लागि चौबीसै घण्टा विगतमा प्रतिमिनेट ३ रुपियाँलाई घटाएर २ रुपियाँ कायम गर्ने निर्णय टेलिकमले गरेको छ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment