Tuesday, January 1, 2008

शैलजा आचार्य अस्वस्थ

काठमाडौं-नेपाली काङ्ग्रेसकी नेत्री शैलजा आचार्य अस्वस्थ हुनुभएकाले उहाँलाई आज साँझ उपचारार्थ त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आचार्यलाई श्वासप्रश्वाससम्बन्धी निकै समस्या भएपछि उहाँलाई तत्काल भेन्टिलेटरमा राखिएको अस्पतालका कार्यकारी निर्देशक डा.महेश खकुरेलले बताउनुभयो ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तत्काल नेत्री आचार्यको स्वास्थ्य स्थितिबारे जानकारी लिन अस्पताल जानुभएको थियो ।
स्रोत : रासस

No comments: