Wednesday, January 2, 2008

एघारजनाको अवस्था अझै अज्ञात

झापा- सशस्त्र द्वन्द्वकालमा राज्यद्वारा बेपत्ता बनाइएका एघारजनाको अझैसम्म अवस्था अज्ञात रहेको छ । उनीहरुका परिवारले बेपत्ता पारिएकाहरुको अवस्था तत्काल र्सार्वजनिक गर्न आग्रह गरेका छन् ।
सशस्त्र द्वन्द्वकालमा तत्कालीन शाही नेपाली सेना र युनिफाइड कमाण्डले माओवादीको आरोपमा जिल्लाका बिभिन्न स्थानबाट बिभिन्न समयमा पक्राउ गरिएका १४ जनामध्ये २ लाई बुझाएपनि अन्यको अवस्था अज्ञात रहेको हो ।
बेपत्ता हुनेहरुमा ०५९ साल मङ्सिर १३ गते भारतमा पक्राउ गरी नेपाललाई सुपर्ुदगी गरिएका झापा हल्दिबारीका चतुरमान राजबंशी, सुरुङ्गाकी सम्झना अधिकारी र सुरेश पोखरेल, शान्तिनगरकी घना सुवेदी, बुट्टाबारीका मिसी धिमाल, गौरादहकी तारा रिजाल रहेका छन् । यसैगरी पीडित परिवारले दिएको जानकारी अनुसार ०६० सालमा पक्राउ गरिएका झापा राजगढका राजेन्द्र घिमिरे, बैगुन्धुराका शान्तिराम भट्टर्राई, गोल्धापका राजेन्द्र चौलागाईं, दमकका पुष्पराज बस्नेत र धिरेन्द्र बस्नेत रहेका छन् । उनीहरुलाई हालसम्म कहाँ राखिएको छ, उनीहरु जिवित छन् वा मारिइसकेका छन् केहीपनि परिवारलाई जानकारी दिइएको छैन् ।

No comments: