Wednesday, January 2, 2008

धानको मूल्य एक दशक यताकै उच्च

झापा- यस वर्ष जिल्लामा धानको मूल्यवृद्धि एक दशकयता कै उच्च रहेको छ । व्यवसायीहरूकाअनुसार अहिले मन्सुली धान प्रति मन(४० किलो) को ५ सयदेखि ५ सय ५० रूपैयाँसम्म रहेको छ भने अन्य धानको मूल्यसमेत न्युनतम ४ सय ५० रुपैयाँ भन्दा बढी कायम भएको छ ।
जिल्ला कृषि विकास कार्यालय झापाकाअनुसार हाल जिल्लामा कुल खेतीयोग्य जमिन ८९ हजार हेक्टर रहेकोमा यस वर्ष८० हजार ५ सय हेक्टर जमिनमा धान खेती लगाइ्एको थियो । जिल्लामा यस वर्ष३ लाख ७३ हजार २ सय मेट्रक टन धान उत्पादन भएको कृषि विकास कार्यालय झापाले जनाएको छ । यो उत्पादन गत वर्षो तुलनामा १४.४५ प्रतिशतले बढी हो । गत वर्षझापामा २ लाख ७३ हजार ७ सय मेटि्रक टन धान उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालय झापाका बाली सँरक्षण अधिकृत डुकराज बरालका अनुसार गतवर्षो तुलनामा यस वर्षधानको उत्पादकत्वसमेत वृद्धि भएको छ । यहाँको धान भारततर्फनिकासी हुने र भारतमा धानको मूल्य उच्च रहेका कारण धानको मूल्यमा वृद्धि भएको विगत दर्ुइ दशकदेखि धानको व्यवसाय गर्दै आएका बुधबारेका व्यापारी रमेशलाल गुलाफले बताए । झापाका अधिकाङ्श बजारहरूमा अहिले आउ मन्सुली, रञ्जित मन्सुली, सरना लगायतका जातको धान खुल्ला रूपमा ४ सय ५० देखि ५ सय ५० सम्ममा खरिद बिक्री भइरहेको छ ।

No comments: