Friday, January 4, 2008
फोहोर फाले चोभारका बासिन्दा भिड्ने तयारीमा
काठमाडौं - चोभार क्षेत्रका स्थानीय सङ्घ-संस्थाले महानगरपालिका र सरकारले समेत फोहोर फाल्न उपयुक्त स्थान भनेकोमा आपत्ति जनाएका छन् । लामो समयदेखि हिमाल सिमेन्टका कारण प्रदूषण खेपेका उनीहरूले सो क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्दै गरेको समयमा सरकारले फोहोर फाल्ने तयारीका विरुद्ध उत्रन स्थानीय १९ वटा सङघ-संस्थाको सञ्जालसमेत बनाएका छन् ।
पर्यावरणीय रूपमा लोकप्रिय बन्दैगएको र मुलुककै दोस्रो लामो गुफासमेत रहेको स्थल चोभारलाई सरकारले फोहोर फाल्ने स्थल रोजेकोमा आपत्ति जनाउँदै त्यसका विरुद्ध आफूहरू जीवनमरणकै सवाल लिएर आन्दोलनमा उत्रने स्थानीय बासिंदा सुजिन्द्र महर्जनले बताए । महर्जनले महानगरपालिकामा गएर फोहोर नफाल्न ज्ञापनपत्र दिएको पनि जनायेका छन् ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment