Saturday, May 3, 2008
पर्यटक आगमनमा सामान्य गिरावट
काठमाडौं - दशक लामो द्वन्द्व त्यागेर माओवादी मूलधारको राजनीतिमा आएको दुइ वर्षा पहिलोचोटि नेपाल आउने पर्यटक संख्या घटेको छ ।
संविधानसभा निर्वाचनको समयमा धेरै पर्यटकले नेपाल भ्रमण कार्यक्रम स्थगित गरेकाले अप्रिल महिनामा पर्यटक आगमन घटेको हो । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस अवधिमा पर्यटक आगमन एक प्रतिशत घटेर ३२ हजार ६ सय ६५ मा झरेको छ । अघिल्लो वर्षयो महिना ३३ हजार २४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पर्यटकहरू सामान्यतया निर्वाचनको समयमा तेस्रँ मुलुक घुम्न नरुचाउने हुदा यस्तो स्थिति आएको पर्यटन व्यवसायीहरू बताउछन् । धेरै ट्राभल एजेन्सीले निर्वाचनको समय आफ्नो प्याकेज कार्यक्रमको बिक्री रोकेका थिए ।
'निर्वाचनमा हुनसक्ने हिंसालाई लिएर पर्यटकहरू संशकित हुन्छन्,' एक पर्यटन व्यवसायीले भने- 'यसले नेपाल आउन चाहनेहरूले पनि केही समय कार्यक्रम स्थगित गरेका छन् ।'
अप्रिलको आगमन कम भए पनि यस वर्षचार महिनामा अघिल्लो वर्षन्दा ११ प्रतिशत बढी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । निर्वाचन सकिएपछि पर्यटन क्षेत्र नियमित अवस्थामा फर्किएको व्यवसायीहरू बताउ“छन् । विदेशी टुर सञ्चालकहरूले आफ्नो प्याकेज बिक्रीमा तीव्रता दिएका छन् । पर्यटकहरू बिदा मनाउन नेपाल आउने क्रम फेरि बढेको छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment