Tuesday, January 1, 2008
ब्लुबुक बोक्न ट्राफिकको आग्रह
काठमाडौं- उपत्यका ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चालकलाई अनिवार्य रूपमा ब्लुबुक बोक्न अनुरोध गरेको छ । दिनानुदिन मोटरसाइकल चोरी बढेका कारण यसलाई नियन्त्रण गर्न मोटरसाइकल चालकले ब्लुबुक साथमा राख्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । राजधानीका विभिन्न ११ ठाउँमा विशेष ट्राफिक चेकिङ भइरहेको प्रहरीले बताएको छ । करिब दुई लाखभन्दा बढी मोटरसाइकल रहेको राजधानीमा मोटरसाइकल चोरीका घटना बढेपछि नियन्त्रण गर्न सो कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment