Tuesday, January 1, 2008
अमृत साइन्स क्याम्पस तनाव ग्रस्त
काठमाडौ-राजधानीको ठमेल स्थित अमृत साइन्स क्याम्पस आज विहानै देखि तनाव ग्रस्त भएको छ ।
आइतवार विहानै देखि क्याम्पसको प्राङगणमा क्रिकेट खेलिरहेका अनेरास्ववियूका कार्यकर्तावाट अनेरास्ववियु क्रन्तिकारीका एकजना सदस्यको टाउकोमा चोट लागेपछि आइतवार सामान्य वादविबादमा टुङ्गीएको थियो ।
आज विहानै देखि अनेरास्ववियू पक्षले आईतबारकै विषयलाई लिएर विवाद चर्काए पछि क्याम्पस तनाब ग्रस्त बनेको हो । वादविवाद वढ्दै गएपछी अनेरास्ववियूका अस्कल सभापति टेकराज वस्नेत सहितको टोली क्रन्तकिारीको कार्यालय भित्र पसेर आक्रमण गरेको छ । आक्रमणवाट क्रान्तिकारीका अस्कलर् इकाइ सचिव सन्तोष रानाभाट सदस्यहरू किरण भुजेल र सुरेश लामिछाने घाइते भएका छन् । उनिहरू सामान्य उपचार पछि घर फर्केका छन् । आक्रमणको क्रममा अनेरास्वीयु पक्षले क्रन्तिकारीको कार्यालयममा रहेका २१ वटा कुर्सीहरु सड़कमा ल्याएर जलाउनुका साथै कार्यालयमा रहेका सम्पूर्ण सामान फालिदिएका छन् । सोही क्रममा अखिलका कार्यकताले सवारी साधन समेत तोडफोड गरेका छन् । तोडफोडको क्रममा तीनवटा माइक्रो बस क्षतीग्रस्त भएका छन् भने तीनजना प्रहरी समेत घाइते भएको प्रहरीले वताएको छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment