Sunday, January 6, 2008
भारु प्रतिबन्ध लगाउनुपर्ने सुझाव
काठमाडौ- नक्कली भारतीय नोटको बिगबिगी वढेपछि नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले भारतीय रुपियाँ एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । नेपाल राष्ट्र ब्याङ्क पोखरा शाखाद्वारा शनिबार आयोजित 'विदेशी मुद्राको कारोबार, जाली नोट, नेपाली रुपियाँ तथा शङ्कास्पद विदेशी मुद्राको पहिचान' विषयक गोष्ठीमा गैरकानुनीरूपमा प्रचलित नोटको कारोबार रोक्नुपर्ने धारणा अधिकारीहरूले राखेका हुन् ।
भारतीय नोटका अलवा अमेरिकी डलर, युरो, जापानीलगायत नक्कली विदेशी मुद्रा पनि वजारमा आएको अधिकारीहरूको दावी छ । राष्ट्र ब्याङ्कका डेपुटी गर्भनर वीरविक्रम रायमाझीले भारतीय नोट बढी जोखिम पूर्ण रहेको बताउँदै नेपाली बजारमा झण्डै तीन अर्ब भारतीय नक्कली रुपियाँ रहेको दावीसमेत गरे । पोखरामा सञ्चालित विभिन्न ब्याङ्क तथा वित्तीय संस्थाका ३६ प्रतिनिधिको सहभागिता रहेको गोष्ठीमा नेपाल ब्याङ्कका सहायक निर्देशक माधव घिमिरे र उपनिर्देशक कल्याणबन्धु अर्यालले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल राष्ट्र ब्याङ्कका अनुसार पोखरामा मात्रै दैनिक सात लाख भारतीय नोट सटही हुने गरेको छ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment