Sunday, January 6, 2008

नेपालमा हप्ताको १५ घण्टा लोडसेडिङ

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको समय हप्ताको १५ घण्टा पुर्‍याएको छ । अबदेखि हरेक दिन साढे दुई घण्टाको दरले हप्तामा छ दिन लोड सेडिङ हुने भएको छ भने एक दिन मात्रै लोडसेडिङ हुने छैन । यसअघि नेपाल विद्युत प्राधिकरणले हप्ताको दुई दिन मात्र तीन-तीन घण्टाको दरले छ घण्टा विद्युत आपूर्ति कटौती गर्दै आएको थियो ।
चिसोका कारण नदीहरूमा हिउँ जम्न थालेको र पानीको स्तर घट्दै गएकाले विद्युत उत्पादनमा कमी आएकाले लोडसेडिङ गर्न बाध्य भएको प्राधिकरण भारप्रेषण विभागका प्रमुख शेरसिंह भाटले जानकारी दिएका छन् । नेपाल विद्युत प्राधिकरणले अहिले साँझको समयमा विद्युतको माग बढेर सात सय २० मेघावाट पुगेको र आपूर्ति केवल चार सय ८० मेघावाट मात्र रहेकाले विद्युत कटौती गर्नुपरेको जनाएको छ । प्राधिकरणले अहिले आफ्नो तथा निजी जलविद्युत आयोजना, थर्मल प्लान्ट र भारतबाट गरी चार सय ८० मेगावाट बिजुली आपूर्ति गरिरहेको छ ।

No comments: