Wednesday, May 7, 2008
बस मजदुर र कर्मचारीका छोराछोरीलाई निःशुल्क
काठमाडौं- अरनिको यातायात सेवा समितिले आफ्ना कर्मचारीका छोराछोरीलाई निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ । समितिको कार्यालय, काउन्टरमा कार्यरत कर्मचारी र बस मजदुरका रूपमा कार्यरतका बालबालिकालाई यो सुबिधा उपलब्ध हुने समितिले जनाएको छ ।
ती बालबालिकालाई राजधानीको तीनकुनेस्थित मेरिल्यान्ड उच्च माध्यमिक विद्यालयमा पढ्ने व्यवस्था गरिएको छ । उक्त विद्यालयमा समितिले पहिलो वर्ष१ सय ८२ विद्यार्थी भर्ना गरेको छ ।
ती बालबालिकालाई नर्सरीदेखि १० कक्षा म्मको पढाइमा सहयोग गरिने समितिका अध्यक्ष केदार खत्री क्षेत्रीले जानकारी दिए । मजदुर र कर्मचारीले समितिलाई उच्च बनाएकाले पठनपाठनको व्यवस्था गरिएको उनले बताए । एक कर्मचारीका दुइ जनासम्म बालबालिका पढाउने व्यवस्था गरिएको उनले बताए । क्षेत्रीका अनुसार समितिका ५३ कर्मचारी तथा ३ सय ३६ बसका एक हजारभन्दा बढी चालक, कन्डक्टर र हेल्परले यो सुबिधा पाउने छन् ।
मेरिल्यान्ड विद्यालय व्यवस्थापन अध्यक्ष रामकाजी पौडेलले अरनिको यातायात सेवा समितिमा आबद्ध कर्मचारी र मजदुरहरूको बालबालिकालाई पढाउनको लागि सबै खर्च समितिले बेहोर्ने सहमति भएको बताए । समितिले प्रतिव्यक्ति हरेक वर्षसरदर १४ हजार तिर्नुपर्ने उनले बताए । उनका अनुसार यस वर्षभर्ना गराएका १ सय ८२ विद्यार्थीको लागि वषिर्क २५ लाख ४८ हजार लाग्नेछ ।

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment