Monday, June 2, 2008

कन्टेनरभित्र कतार-काठमाडौं यात्रा

कतारको दोहास्थित कतार एयरवेजमा कार्यरत गोविन्द कार्की कन्टेनरमा थुनिएर नेपाल आइपुगेका छन्।

कन्टेनरमा काम गर्ने सिलसिलामा अचानक थुनिएपछि बेहोस भएका कार्की कन्टेनरभित्र थुनिएकै अवस्थामा नेपाल आइपुगेका हुन्। आइतबार बिहान ८ः१५ बजे उक्त कन्टेनर खोलेर हेदा मान्छे फेला परेपछि केहीबेर होहल्ला मच्चिएको थियो।

परिचयपत्रसहित कन्टेनरमा बेहोस अवस्थामा कार्कीलाई फेला पारेपछि नेपालस्थित कतार एयरवेजका कर्मचारी उपेन्द्र शाहले कार्कीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेजमा लगेका थिए।

बिनाराहदानी र टिकट नेपाल आइपुगेका कार्कीलाई उक्त एयरवेजले कतारबाट राहदानी मगाएर पुनः कतार लैजाने भएको छ। करिब ६ घण्टाको उपचारपछि कार्की घर फर्किएका छन्।

No comments: