Tuesday, June 17, 2008

भाडादर वृद्धि गर्न सहमति

काठमांडू- यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात व्यवस्था विभागबीच सार्वजनिक सवारीसाधनहरूको भाडामा २६ देखि ३५ प्रतिशतसम्म वृद्धि गर्ने सहमति भएको छ ।

सोमबार राति अबेरसम्म भएको वार्तापछि सो सहमति भएको जानकारी दिंदै महासङ्घका बाग्मती अञ्चल संयोजक नीररत्न नेवाःले भाडादर मङ्गलबार दिउंसोसम्म कार्यान्वयनमा आउनसक्ने बताउनुभयो । सहमतिअनुसार लामो दूरीमा हाल कायम रहेको भाडादरमा प्रतिकिलोमिटर १ रुपियां ४२ पैसा, मध्यम दूरीको पहिलो ५ किमिको १२ रुपियां र प्रत्येक १ किमिको २ रुपियां ५५ पैसा, ट्याक्सीको सुरुआत मिटरमा ११ रुपियां र प्रत्येक किमिमा ४ रुपिया ६० पैसा कायम हुनेछ ।

यसैगरी ग्रामीण क्षेत्रमा यसअघि लागू गरिएको भाडादर यथावत् कायम गरिएको जनाइएको छ भने विमानस्थलका लागि सुरुको ५ किमिका लागि ३ सय रुपियां र प्रतिकिमि ८० रुपियां थप हुनेछ । त्यस्तै ग्यासबाट चल्ने सवारीसाधनले यसअघि ९ रुपियां लिने गरेकोमा अब ११ रुपियां लिने भएका छन् ।

No comments: