Sunday, June 8, 2008

माओवादी बैठक सुरु

काठमांडू- सरकार गठन, राष्ट्रपति र प्रधानमन्त्री चयन लगायत मुद्धामा पार्टको रणनीति बनाउन माओवादी केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ ।
समसामयिक राजनीतिक मुद्धाहरुमा पार्टीको रणनीति बनाउन माओवादी केन्द्रीय समिति बैठक सुरु भएको छ । जेठ २६ गते बिहान राजधानीको होटल गार्डेनमा सुरु भएको बैठकले दलहरुबीच भएका औपचारिक तथा अनौपचारिक छलफलको समिक्षा गर्नुसँगै आफ्नो नीति बनाउने श्रोतले बताएको छ । अन्य दलसँगको छलफलमा संवैधानिक राष्ट्रपति बनाउन तथा त्यसमा आफ्नो दावी छाड्न माओवादी सहमत भइसकेको छ । दलहरुबीच अझै राष्ट्रपतिमा कसलाई समर्थन गर्नेबारे सहमति नभइसकेकाले त्यसबारे पनि माओवादी बैठकले रणनीति बनाउने बिश्वास गरिएको छ । श्रोतका अनुसार, संवैधानिक राष्ट्रपतिमा आफ्नो दावी छाडिसकेको स्थितिमा प्रधानमन्त्री कुन नेतालाई बनाउनेबारे पनि आजको बैठकले निर्णय गर्नेछ । पार्टी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति प्रचार गरेका कारण उनलाई प्रधानमन्त्री बनाउन नहुने आवाज माओवादीका केही नेताहरुले उठाउदै आएका छन् । यसैबीच, जेठ २६ गते बिहान हुने भनिएको मन्त्री परिषदको बैठक माओवादी केन्द्रीय समिति बैठकका कारण बेलुका साढे पाँच बजे सरेको छ । बैठकका लागि प्रधानमन्त्री निवासमा माओवादीबाहेक सबै मन्त्रीहरु जम्मा भए पनि माओवादी मन्त्री आउननसक्ने भएपछि बैठक स्थगित गरिएको आपर्ूर्ति मन्त्री श्यामसुन्दर गुप्ताले बताए ।

No comments: