Thursday, June 5, 2008

आधा घण्टामै बैठक समाप्त

राजनीतिक दलहरुबीच महत्वपूर्ण मुद्धामा सहमति नभएपछि संविधानसभा बैठक आधा घण्टामै सकिएको छ । 
संविधानसभाको दोश्रो बैठक आधा घण्टा बसेर सकिएको छ । बैठक जेठ २३ गते बिहान ११ बजे सुरु हुने भनिए पनि डेढ बजे मात्र सुरु भएको थियो । प्रमुख दलहरुबीच सरकार निर्माण, संविधान संशोधन तथा राष्ट्रपति र प्रधानमन्त्री भागवण्डामा सहमति नभएकाले आजको संविधानसभा बैठकले संविधानसभा नियमावलि मस्यौदा समिति बनाउनु भन्दा अरु केही गरेन ।

समिति निर्माणको प्रस्ताव माओवादीका दिनानाथ शर्माले पेस गरेका थिए भने नेपाली कांग्रेसका लक्ष्मणप्रसाद घिमिरे र एमालेका रामचन्द्र झाले प्रस्तावको समर्थन गरेका थिए । बैठकमा सभासदहरुले सबै दलका प्रतिनिधिले बोल्न पाउनुपर्ने माग पनि गरेका थिए । बैठकमा एमालेका हितकाजि गुरुङ, दलित पार्टीका बिसेन्द्र पासवान र एकिकृतका परि थापाले पूर्व राजा ज्ञानेन्द्रलाई बासस्थानका लागि नागार्जुन दरवार दिनेको सरकारको निर्णयको बिरोध गरेका थिए।

No comments: