Friday, June 6, 2008

पूर्वराजाको बुलेटप्रुफ गाडीमा आगलागी

काठमाडौं-

पूर्वराजा ज्ञानेन्द्र शाहको नारायणहिटी दरबार छाड्ने समय नजिकिँदै जाँदा बिहीबार मध्याहन विगतमा राजकीय सम्मानमा प्रयोग गरिने उनको कार आगलागी भएको छ ।

पूर्वराजाको निवास श्रीसदनबाट विभिन्न स्थानमा परिक्रमा गरी पूजाघरअगाडि आइपुग्दा गाडीमा दिउँसो १२ बजे अचानक आगलागी भएको थियो’, दरबार स्रोतले भन्यो- उक्त गाडीमा पूर्वराजा ज्ञानेन्द्र सवार थिएनन्।’

नम्बर प्लेट नभएको र नम्बर प्लेट राख्ने स्थानमा श्रीपेच राखिएको सो कार अत्याधुनिक बुलेटप्रुफ कार हो । कार आगलागी हुनासाथ दरबारभित्रै तैनाथ सेनाको वारुणयन्त्रले आगो निभाएको थियो । उक्त कारको पछाडिको भाग क्षतिग्रस्त भएको छ’ । बेलायतबाट झिकाइएको सो कारमा रहस्यमय ढंगले आगलागी भएपछि पूर्वराजा ज्ञानेन्द्रले समेत कारको निरीक्षण गरेका थिए । यसैबीच राजज्योतिषको साइतअनुसार आज शुक्रबार नागार्जुन दरबार स्थानान्तरण हुने सम्भावना रहेका पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुअघि सरकारसँग आफना निजी कर्मचारी र दुइवटा बुलेटप्रुफ कार माग गरेका छन् ।

No comments: