Sunday, June 1, 2008

प्रचण्डले खुलामन्च यसो भानेका थिए...

काठमांडू- माओवादी अध्यक्ष प्रचण्डले जेठ १७ गते खुलामञ्चमा यस्तो बोलेका थिए-
'ज्ञानेन्द्रको कुबुद्धिले गणतन्त्र आयो, कांग्रेस र एमालेले कुरा नबुझे जनगणतन्त्र आउछ ।''
अक्टोबर क्रान्ति लुकेर होइन, खुलमखुला हुन्छ ।'
'दुनियाँलाई थाहा छ, हामीले राष्ट्रपति भनेर चुनाव लडयौं, अहिले हारेकाले राष्ट्रपति माग्ने ?
''कुनै पार्टी बिशेषलाई राष्ट्रपति दिन सहमति जनाएका छैनौं, राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्ष यसलाई दिने भनिएको छैन । त्यसमा पनि जसलाई चुनावबाट जनताले हराएका छन्, तिनलाई राष्ट्रपति बनाउन तयार छैनौं ।
''हारिसकेपछि राजीनामा दिने संसारभरको चलन हो, मसँग अमेरिकाले यही भन्छ, कांग्रेस र एमालेसँग अर्कै भन्छ कि ?''
गणतन्त्र बनाउन राष्ट्रपति र उपराष्ट्रपतिमा सहमति जनाएकै हो, नभए संविधानसभाको पहिलो बैठक फुत्किने थियो ।'
'जनताको यति ठूलो आदेश पाउँदा पनि माओवादीलाई घेरा हाल्ने रे अब कसले कसलाई घेरा हाल्दो रहेछ, हेर्दै जाउँ ।
''हतियार नष्ट गर्नुपर्ने रे, सेना बिघटन गर्नुपर्ने रे, लाज नभएपछि जे भने पनि हुने, दुनियाँमा कहीँ नभएको आठौं आश्चर्य, हतियार ल्याएर कहाँ डढाइन्छ, बेइमानहरु ।
''कसैले बेइमानी गरे के गर्नुपर्छ भनेर जनताले मन बनाएर बसेका छन्, आर्मी, पुलिस सबैले कुरा बुझेका छन्, जित्नेको पछि लाग्ने कि हार्नेको ?'
'हामी जति पनि लचिलो र कठोर हुने खालका छौं, हामी अर्कै जातका हौं ।हामीले पनि सहकार्य गर्न चाहेका हौं, माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्छ, धेरै लोभचाहिँ नगर्नु ।
''गल्ती गर्‍यौं भने त्यतिबेला आलोचना गर्नुहोला, आन्दोलन गर्नु माओवादीभन्दा ठूलो र उल्टाउनु ।
''चुनाव जितेकाले दम्भ आउछ कि भन्ने डर छ, वाईसीएलको ब्यारेक सिस्टम हटाउन तयार छौं ।'

No comments: