Friday, June 6, 2008

एक सातामा सहमति बन्ने

काठमांडू- प्रमुख दलहरुबीचको असहमति एक सातामा समाप्त हुने एमाले महासचिव झलनाथ खनालले दावी गरेका छन् । 
एमाले महासचिव झलनाथ खनालले आउँदो एक साताभित्रै दलहरुबीच राजनीतिक सहमति हुने बताएका छन् । नेपाल दूर संचार संस्थान कर्मचारी संघको पाँचौ परिषदको जेठ २४ गते राजधानीमा उदघाटन गर्दै खनालले आपसमा न्यूनतम राजनीतिक सहमति गरेर अघि बढ्नुको बिकल्प दलहरुसँग नरहेको उल्लेख गरे । कार्यक्रममा एमाले महासचिव खनालले मुलुकको राष्ट्रपति संविधानसभाबाट निर्वाचित हुने धारणा पनि राखे । सरकार बनाउन तथा हटाउन संविधानसभाको सामान्य बहुमतबाट गर्न सकिने प्रावधान अन्तरिम संविधानमा राखिनुपर्ने धारणा एमाले महासचिव खनालले कार्यक्रम दोहोर्‍याए ।
'सरकारले राम्रो काम गरेन भने हटाउन पनि संविधान संशोधन गर्नैपर्छ' खनालले भने । माओवादीले हिंशात्मक गतिविधी छाड्नुपर्ने तथा अपराधीहरुलाई संरक्षण दिनुनहुने पनि खनालको भनाइ थियो ।

No comments: