Friday, June 6, 2008

विराटनगरमा बैंक बढे

विराटनगर- महानगरको मुख्य बजारक्षेत्रमा घरै पिच्छेजस्तो बैंक भेटिन्छन् । जनआन्दोलन चोकदेखि उपमहानगरपालिकाको भवनबीचमा पर्ने करिब डेढ किलोमिटर क्षेत्रभित्र २१ वटा बैक छन् । उक्त क्षेत्रमा नै अर्को बैंक स्थापनाका लागि घर भाडामा लिइसकिएको छ । बजार क्षेत्रका अग्ला घरमा हेर्‍यो भने बैंककै साइनबोर्ड देखिन्छ ।
काठमाडौंपछिको दोस्रो ठूलो सहर विराटनगरमा पछिल्ला दिनहरूमा बैंकको आकर्षा बढेको छ । तीन दिनअघि ग्लोबल बैंकले मुख्य बजारमा शाखा खोलेको छ । योसगै यहा सरकारी बैंकसमेत २१ वटा पुगेका छन् । केही महिनाभित्र प्राइम बैंकले शाखा खोल्ने तयारी गरिरहेको छ । यो बैंकको शाखा स्थापना भएपछि राष्ट्र बैंकबाट स्वीकृति लिएका सनसाइन र माछापुच्छ्रे बैंकबाहेक सबैले शाखा खोलिसक्नेछन् ।
राजधानीपछिको सहर हुनु र औद्योगिक नगर भएका कारण पनि यहा बैंकहरूको आकर्षा बढेको हो, राष्ट्र बैंक विराटनगरका मुख्य व्यवस्थापक जगदीश्वरप्रसाद अधिकारीले भने । उनका अनुसार गत आर्थिक वर्षा मात्र जिल्लामा बैंकहरूले ४० अर्ब ५४ करोड लगानी गरेका छन् ।

No comments: