Tuesday, June 3, 2008

भोलीसम्म दलहरुबीचको बिबाद अन्त्य हुन्छः कोइराला

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दलहरुबीचको राष्ट्रपति र प्रधानमन्त्रीको चयन लगायतका बिषयको विवाद भोलीसम्म मिल्ने बताउनुभएको छ । विहान नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छे संगको छलफलमा प्रधानमन्त्री कोइरालाले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री कोइरालाले दलहरुबीचको बिबाद मिलाउन भोली सात दलका शीर्ष नेताको वैठक बसेर गतिरोध अन्त्य गर्ने बताउनुभएको हो । भेटपछि संचारकर्मीहरुसंग कुरागर्दै विजुक्छेले भोली बस्ने सात दलको वैठकले राष्ट्रपति चयन प्रकृया, प्रधानन्त्री चयन, संविधान संशोधन र २६ जना सभासद्को टुङ्गो लगाउनेमा प्रधानमन्त्री बिश्वस्त रहेको बताउनु भयो । यसैवीच प्रधानमन्त्री कोईरालाले चीनको सिचुवान प्रान्तका भुकम्प पिडितलाई ६८ लाख १५ हजार रुपैयाँ सहयोग गर्ने पनि बताउनुभएको छ ।

No comments: