Monday, June 16, 2008

नारायणहिटी अब संग्रहालय

काठमाडौं-
नारायणहिटी दरबारबाट पूर्वराजा ज्ञानेन्द्र शाह बाहिरिएपछि आइतबार विशेष समारोहबीच राष्ट्रिय झन्डा फहराइनुका साथै नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गरिएको छ ।
नेपाल सरकारका तर्फाट पहिलो पटक नारायणहिटी दरबारमा आयोजित विशेष औपचारिक समारोहबीच राष्ट्रप्रमुखका हैसियतले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दरबारको मूलद्वारसामु तीनवटा राष्ट्रिय झन्डा फहराउनुभएको थियो । झन्डोत्तोलनसँगै नेपाल सरकार नारायणहिटी दरबार संग्रहालय’ लेखिएको बोर्डमा लगाइएको पर्दा उघारिएको थियो ।
संवैधानिक अंगका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रमुखहरू, प्रमुख राजनीतिक नेताहरू, संविधानसभाका सदस्य, नागरिक समाज, विभिन्न क्ष्त्रका प्रबुद्ध व्यक्तिहरू, सञ्चारकर्मी, उच्चपदस्थ अधिकारी, सुरक्षानिकायका प्रमुख, मन्त्रीगणलगायतको उपस्थिति रहेको समारोह निकै उल्लासमय देखिएको थियो।नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक उपलक्ष्यमा आयोजित झन्डोत्तोलन समारोहका पाहुनाहरूले नारायणहिटी दरबारभित्रका सबै भाग हेर्ने इच्छासमेत राखेका थिए। नारायणहिटीको मूल भाग देखिने गरी त्यहाँ पुग्नासाथ तस्वीर खिचाइरहेका विशिष्ट व्यक्तिहरूले गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग सबै भाग हर्ेनका लागि अनुरोधसमेत गरेका थिए तर गृहमन्त्री सिटौलाले नेपाली जनतालाई सबै कोठाकोठा र महत्त्वपर्ूण्ा ऐतिहासिक सामग्रीको अवलोकन गराउने तयारी पूरा हुन अझै दुइ/तीन महिना लाग्न सक्ने जानकारी गराउनुभएको थियो।

No comments: