Monday, June 9, 2008

पेट्रोलियम मूल्यबृद्धि हुने

काठमांडू- अन्तराष्ट्रिय भाउ बृद्धिको कारण देखाउदै सरकारले पेट्रोलियम पदार्थको मूल्य गर्ने निर्णय गरेको छ । 
आपूर्ति मन्त्री श्यामसुन्दर गुप्ताले पेट्रोलियम पदार्थ मूल्य बृद्धि हुने बताएका छन् । जेठ २७ गते सिंहदरवारमा मन्त्री परिषदको राजनीतिक समितिको बैठक सकिएलगत्तै संचारकर्मीसँग कुरा गर्दै मन्त्री गुप्ताले आज बेलुकासम्ममै मूल्य बृद्धि हुने जानकारी दिए । कति मूल्य बृद्धि हुनेबारे भने नेपाल आयल निगमको संचालक समितिलाई जिम्मा दिइएको पनि उनले उल्लेख गरे । मन्त्री गुप्ताले अन्तराष्ट्रिय तथा भारतमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएकाले पनि यहाँ मूल्यबृद्धि गर्नुपरेको बताए । मन्त्री गुप्तासँगै रहेका निगमका कार्यकारी निर्देशक दिगम्बर झाले खरिद मूल्य र सरकारको अनुदानबाट नपुग मूल्य बृद्धि हुने बताए । झाले हिजैदेखि डिपोहरुलाई पेट्रोलियम पदार्थको आपूर्ति बन्द गरिएको पनि जानकारी दिए तथा आजदेखि खुद्रा बिक्रेताहरुलाई आपूर्ति बन्द गरिने पनि उल्लेख गरे । संचारकर्मीहरुबीच मन्त्री गुप्ताले मन्त्री परिषदको राजनीतिक परामर्श समितिले पेट्रोलियम पदार्थको आपूर्ति निजी क्षेत्रलाई दिने निर्णय भएकोसमेत जानकारी दिए ।

No comments: