Tuesday, June 10, 2008

बिबादहरु समाधान हुदै

काठमांडू- माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरु रहेको कार्यदलले सेना समायोजन, संवैधानिक र सुरक्षा परिषद गठन बाहेकका बिबादस्पद मुद्धामा सहमति बनाएको छ ।
राजनीतिक बिबादमा सहमति कायम गर्न प्रमुख तीन दलले बनाएको कार्यदलको बिहान सुरु भएको बैठक स्थगित भई दिउँसो तीन बजे पुन सुरु हुने भएको छ । जेठ २८ बिहान तथा हिजो सिंहदरवारमा भएको माओवादी, नेपाली कांग्रेस र एमाले नेताहरु रहेको कार्यदल बैठकले सेना समायोजन, संवैधानिक परिषद र सुरक्षा परिषद गठनबाहेक बिबादका सबै मुद्धामा सहमति बनाइसकेको कार्यदलका सदस्य भीम रावलले बताए । रावलका अनुसार, दिउँसो हुने कार्यदल बैठकले ती बिषय टुङ्गो लगाउनेछ । हिजो र आज बिहान भएको कार्यदलको बैठकले सरकार बनाउन र हटाउन सामान्य बहुमतले गर्न सकिने प्रावधान अन्तरिम संविधानमा राख्ने, संविधानसभाले नै संसदको अधिकार प्रयोग गर्ने, अन्तरिम संविधानमा उल्लेखित सात दलको ठाउँमा २५ दल राख्ने, अन्तरिम संविधानमा लेखिएको तत्कालिन बिधायकहरुको नाम हटाउने बिषयमा सहमति बनाएको पनि रावलले जानकारी दिए । माओवादी भात्रृ संगठन वाईसीएलले कब्जा जमाएका सार्वजनिक स्थल उनीहरुले तत्काल छाड्ने तथा उसको अर्धसैनिक संरचना खारेज गर्ने सहमति पनि कार्यदल बैठकमा भएको उनले उल्लेख गरे । दलहरुबीच बिबाद रहेको राष्ट्रपतिबारे भने कार्यदलमा अहिले छलफल नभएको श्रोतले बतायो ।

No comments: