Friday, June 6, 2008

महेन्द्र मन्जिल दिन मिल्दैनः प्रम

काठमांडू- पूर्वराजा ज्ञानेन्द्रकी मुमा रत्नले नारायणहिटी दरबारभित्र रहेको महेन्द्र मन्जिल छाड्न नमानेपछि पूर्वराजाका अवकाशप्राप्त मुख्य सचिव पशुपतिभक्त महर्जन बिहीबार बिहान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गर्न बालुवाटार पुगेका थिए ।
भेटका क्रममा महर्जनले पूवमुमा बडामहारानी रत्नको चाहना, राजालाई सेनाकै सुरक्षा दिनुपर्ने तथा दरबारका गाई के गर्ने भन्ने विषयमा प्रमसँग कुरा राखेका थिए । जबाफमा प्रधानमन्त्रीले महेन्द्र मन्जिल रत्नलाई दिन नमिल्ने बताउँदै भन्नुभएको थियो- गाई जसले हेछ र घाँस हाल्छ, उसैले दूध खान्छ । पूर्वराजाले गाई छाड्दैमा अलपत्र पर्दैनन्।’

सभासद्को आपत्ति

संविधानसभाको बिहीबार बसेको बैठकमा सभासद्हरूले पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुन दरबार उपलब्ध गराएकोमा पनि आपत्ति गरेका छन् । सभासद्हरूले गणतन्त्र घोषणा भए पनि पूर्वराजा ज्ञानेन्द्रलाई ठूलो दरबारबाट सानो दरबारमा सार्ने काम मात्र भएको बताए ।

No comments: