Wednesday, June 18, 2008

हेल्प नेपालको झन्डा सर्वोच्च शिखरमा

काठमाडौं - सर्वोच्च शिखर सगरमाथामाथि १३ औं विजयका लागि अघि बढ्दा कीर्तिमानी आरोही मिङमा शेपा विशेष उत्साही थिए । किन भने यसपाला उनीसग विदेशीमात्र होइन नेपालीलाई सघाउने सपना थियो ।
'धेरै खुसी लागेको छ,' विदेशमा बस्ने नेपालीले नेपालीलाई सघाउन सुरु गरेको अभियान हेल्प नेपाल सञ्जालद्वारा सोमबार आयोजित सम्मान कार्यक्रममा उनले भने- 'द्वन्द्वपीडित बालबालिकाहरूलाई सघाउन अवसर मिल्यो ।'
नेपाल बालबालिका ट्रष्टसग मिलेर सञ्जालद्वारा धुलिखेलमा निर्माणाधीन द्वन्द्वपीडित बालबालिकाहरूका लागि आश्रम बनाउन कोष जुटाउने अभियानमा उनी सरिक भएका हुन् । शेपाले गत मे २३ का दिन हेल्प नेपाल नेर्टवर्कको ब्यानर सर्वोच्च शिखरमा फहराएका थिए ।
आफ्ना सबै सात जना दाजुभाइ सगरमाथा चढेर कीर्तिमान कायम गरेका शेपा संसारको दोस्रो अग्लो चुचुरो केटु चढ्ने पहिलो नेपाली पनि हुन् । 'यो सफलता हामीलाई निकै सहयोगी हुने आशा छ,' सञ्जालका संस्थापक अध्यक्ष रविन्द्र मिश्रले भने । करिब ८० लाख रुपैयाको लागतमा निर्माणाधीन आश्रमका लागि ५० लाख रुपैया जुटेको र बाकी रकम संकलन गर्ने क्रममा नरहेको उनले जनाए । ५२ जना बालबालिकालाई आश्रय दिने लक्ष्साथ साढे दुइ तले भवन निर्माण भइसकेको जानकारी कार्यक्रममा दिइयो । बेलायती संगीतकार समूहले पनि रकम जुटाउन सहयोग गरिरहेको छ ।
'देश सेवाको भावना र मनमा लगन भए विदेशमै बसेर पनि देशका लागि ठूला काम गर्न सकिन्छ,' भन्ने भावनाबाट सन् १९९९ मा सञ्जाल स्थापना भएको हो । बेलायतबाट सुरु भएको यो अभियान संसारका १२ मुलुकसम्म विस्तार भइसकेको छ । सञ्जालले विदेशमा बसेका नेपालीहरूस“ग मासिक १ डलर उठाएर नेपालमा शिक्षा र स्वास्थ्य क्ष्त्रमा कल्याणकारी काम गर्दै आएको छ ।
सञ्जालले मुगुलगायत जिल्लामा एक दर्जनभन्दा बढी स्वास्थ्य चौकी र विद्यालय भवन निर्माण गरिसकेको छ । बालबालिका प्रायोजन, इ लाइबेरी निर्माणजस्ता कार्यक्रम गर्दै आएको छ । 'उठेको सबै रकम हामी कल्याणकारी काममा लगाउ“छां' मिश्रले भने- प्रशासनिक काम नेपाली र विदेशी गरी १५ जनाले खोलिदिएको अक्षयकोषबाट चलाउ“छौं ।' कार्यक्रममा आरोही शेपाले सर्वोच्च शिखर पुर्‍याएको ब्यानर नेर्टवर्कका नेपाल अध्यक्ष अरुणसिंह बस्नेतलाई हस्तान्तरण गरेका थिए ।

No comments: